‘निजी भ्रमण’मा आएका सिन्हा राजनीतिक भेटमा व्यस्त

१६ श्रावण २०६९, मंगलवार १६:३१ मा प्रकाशित

काठमाडौं, १६ साउन । ‘निजी भ्रमण’का निम्ति सोमबार बिहान काठमाडौं आएका भारतीय जनता पार्टीका वरिष्ठ नेता यशवन्त सिन्हाले राजनीतिक भेटघाटलाई तिब्रता दिएका छन् । हिजो बिहान एयर इण्डियाको उडानबाट अचानक राजधानीमा उत्रेका सिन्हाले आफू नितान्त व्यक्तिगत भ्रमणमा नेपाल आएको बताएका थिए । तर उनको अभिव्यक्तिलाई सचेत राजनीतिक तप्काले पत्याएका थिएनन् । अत्यन्त सघन संक्रमणकालीन अवस्थामा नेपाल आएका प्रभावशाली भारतीय नेताको अगमन गैरराजनीतिक उद्देश्यका लागि हो भनी पत्याउन सकिने विषय पनि होइन । नभन्दै काठमाडौं आएकै दिनदेखि सिन्हाले नेताहरुसंग भेटघाट सुरु गरे ।
नेपाली नेताहरुसंगको भेटघाट सिन्हाले एककिृत नेकपा माओवादकिा अध्यक्ष प्रचण्डबाटै सुरु गरे । सोमबार सांझ प्रचण्डको लाजिम्पाटसिथत निवासमा भएको भेटघाटको विवरण सार्वजनिक गरिएको छैन । यसै क्रममा यशवन्त सिन्हाले आज प्रधानमन्त्री बाबुराम भट्टराईसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज विहान भएको भेटवार्तामा नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । सिन्हाले दलहरुको सम्बन्धका बारेमा समेत चासो व्यक्त गरेका छन् भने भट्टराईलाई राजनीतिक सहमति जुटाएर गतिरोधको अन्त्य गर्न उनले सल्लाहसमेत दिएका छन् । विभिन्न दलका नेताहरुसँग भेटघाट र राजनीतिक परामर्शलाई उनले जारी राख्ने बुझिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरु विजय

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर नेपालमा महामारीकै रुपमा फैलिन थालेको छ । सोमबार १२सय ८२ नयाँ संक्रमित थपिएका छन्

काठमाडौँ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल