यू–१९ विश्वकप छनोट खेल: नेपालद्वारा मलेसिया ८ विकेटले पराजित

२ बैशाख २०७६, सोमबार २२:४४ मा प्रकाशित

काठमाडौँ, २ वैशाख । मलेसियामा जारी यू–१९ विश्वकप छनोट खेल अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेको छ। बायुमास रंगशालामा भएको खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको थियो । टस हारी पहिले ब्याटिङमा उत्रिएको मलेसियाको यू–१९ टोली ३३.५ ओभमा ९२ बनाउँदा अलआउट भयो ।

९३ रनको लक्ष्य नेपाली यू–१९ टोलीले १३ ओभरमा २ विकेटको क्षतिमा ९५ रन बनाउँदै जित हात पारेको हो। नेपालको जितका लागि रित गौतमले नटआउट ३९ रन बनाए, आशिफ शेखले २६, पजन सर्राफले १६ र रोहितकुमार पौडेलले ६ रनको योगदान गरे ।

मलेसियालाई झिनो स्कोरमा समेट्नेक्रममा नेपालका लागि पवन सर्राफ र कुशल मल्लले ३–३ विकेट लिए भने कमलसिं ऐरीले २ र सागर ढकालले एक विकेट लिए ।

पहिलो खेलमा सिंगापुरमाथि २१७ रनको जित निकालेको नेपाल दोस्रो खेलमा डीएल नियमका आधारमा यूएईसँग १ रनको हार व्यहोरेको थियो। वर्षाले खेल अवरुद्ध भएपछि नेपाललाई क्षति पुगेको हो । यूएईसँगको हारले विश्वकपमा छनोट हुने नेपालका लक्ष्य भने कठीन भएको छ। यस प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली मात्रै अर्को वर्ष दक्षिण अफ्रिकामा हुने विश्वकपकोमा छनोट हुनेछ ।

अबका खेलमा नेपालले जिते मात्रै पुग्दैन नेपालले यूएईले कम्तिमा एक खेल गुमाउँनु पर्ने छ र त्यसमा नेट रन रेटमा समेत नेपालले उछिन्नु पर्ने छ। यूएई अहिसम्मका तीन खेलमा शतप्रतिशत जित निकाल्दै शीर्ष स्थान छ। आजै भएको कुवेतविरुद्धको खेलमा यूएईले ७ विकेटको जित निकाल्यो।

चौथो खेलमा नेपालले मंगलबार ओमानको सामना गर्दैछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । बागमती प्रदेशमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार बन्ने भएको छ । बुधबार मुख्यमन्त्री

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी पुनः राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक रहन तयार भएका छन् ।

काठमाडौं । बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएलगत्तै प्रमुख प्रतिपक्ष दल एमालेले तीनवटा प्रदेशबाट मुख्यमन्त्री पद गुमाउनु परेको छ । एमालेबाट

हेटाैँडा । बाग्मती प्रदेश सरकारकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत नपाउने भएपछि गठबन्धनलाई नयाँ सरकार बनाउँन मार्गप्रशस्त गरेको घोषणा गरेकी