आठौँ राष्ट्रिय खेलकूदः लनटेनिसतर्फ एनआरएनएलाई स्वर्ण

२ बैशाख २०७६, सोमबार २१:१० मा प्रकाशित

बुटवल, २ वैशाख । आठौँ राष्ट्रिय खेलकूदअन्तर्गत १५औँ राष्ट्रिय लनटेनिस प्रतियोगितामा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अस्ट्रेलियाका संरक्षकभूषण बज्राचार्यले स्वर्ण पदक जितेका छन् ।

बुटवलमा सम्पन्न पुरुष एकल लनटेनिसको फाइनलमा बज्राचार्यल त्रिभुवन आर्मीका प्रणव खनाललाई ६–१ र ६–२ अङ्कको सोझो सेटमा हराए । खनालले रजत पदकमै चित्त बुझाए । उक्त स्पर्धामा गण्डकी प्रदेशका प्रदीप खड्का र एपीएफ क्लबका सन्तोष खत्रीले कास्य पदक पाए । यस्तै महिला एकल लनटेनिसको उपाधि एपीएफ क्लबकी प्रेरणा कोइरालाले जितिन् । फाइनलमा उनले त्रिभुवन आर्मीकी अभिलाषा विष्टलाई ६–० र ६–२ को सोझो सेटमा पराजित गरिन् । त्रिभुवन आर्मीकी इरा रावत तथा प्रदेश ३ की रायना शाहले कास्य पदक पाए ।

यसैगरी पुुरुष युुगल इभेन्टस्तर्फ एपीएफ क्लबका जितेन्द्र परियार र आईभन्हो लिसानोभीचको जोडीले स्वर्ण पदक जित्यो । गण्डकी प्रदेशका प्रदीप खड्का र नबिन मगरको जोडीले रजत, गण्डकी प्रदेशकै धरम लामीछाने र अनील शाही तथा एपीएफ क्लबका छेवाङ लामा र सन्तोष खत्रीको जोडीले कास्य पदक प्राप्त गरे । यस्तै महिला युुगलतर्फ एपीएफ क्लबका सलोनी तामाङ र अस्लेसा लिसानोभीचको जोडीले स्वर्ण पदक प्राप्त गरे । एपीएफ क्लबकै प्रेरणा कोइराला र एनी माथेमाको जोडीले रजत, गण्डकी प्रदेशकी श्रीया भट्टराई र रोमीका बुुद्धाचार्यको जाडी तथा त्रिभुवन आर्मीकी अभिलाशा विष्ट र आइरा एम रावतको जोडीले कास्य पदक जिते ।

यसैगरी मिश्रित इभेन्टस्मा एपीएफ क्लबका आईभन्हो लिसानोभीच र अस्लेसा लिसानोभीचको जोडीले स्वर्ण पदक तथा त्रिभुवन आर्मीका प्रणब खनाल र अभिलाशा विष्टको जोडीले रजत, गण्डकी प्रदेशका अनिल साई र गङ्गा शर्माको जोडी तथा त्रिभुवन आर्मीका अभिनव आचार्य र आईरा एम रावतको जोडीले कास्य पदक प्राप्त गरे । विजेता खेलाडीलाई प्रदेश ५ का प्रदेशसभा सदस्य तथा नेकपाका प्रदेश प्रमुुख सचेतक भुुमिश्वर ढकाल, लनटेनिस सङ्घका केन्द्रीय अध्यक्ष ज्योती राणा, जिल्ला खेलकूुद विकास समितिका अध्यक्ष योग गुुरुङ, बुुटवल उपमहानगरपालिका– ११ का वडाध्यक्ष रामचन्द्र क्षेत्रीलगायतले प्रमाणपत्र तथा शिल्ड प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को २४ अक्टोबरमा हुने भनिएको राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) को अन्तर्राष्ट्रिय भेला रोकिएको

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को ८० औं अन्तर्राष्ट्रिय समन्वय परिषदको भर्चुअल बैठकले कार्य समितिको निर्वाचन तथा महाधिवेशन आगामी ३०

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को संरक्षक परिषदको कार्यकालसमेत समाप्त भएको छ । गैरआवासीय नेपाली संघको विधान परिच्छेद ६

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकाल ६ महिना थप गरिएको छ । गैरआवासीय नेपाली संघको शनिवार सम्पन्न बैठकले