हिमाल आरोहणबाट रु ४५ करोड बढी रोयल्टी सङ्कलन

१ बैशाख २०७६, आईतवार २३:०० मा प्रकाशित

काठमाडौँ, १ वैशाख । यस वर्षको वसन्त ऋतुको हिमाल आरोहणबाट रु ४५ करोड भन्दा बढी रोयल्टी सङ्कलन भएको छ । पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार शुक्रबारसम्मको अवधिमा रु ४५ करोड १३ लाख २७ हजार १९५ रोयल्टी जम्मा भएको छ ।

सर्वोच्च शिखर सगरमाथासहित २० वटा हिमाल आरोहणका लागि ७५ आरोही समूहका ६६७ आरोहीले आरोहण अनुमति लिएका छन् । सबैभन्दा बढी सगरमाथा आरोहणमा ३१ आरोही समूहका ३३९ आरोही छन् । ल्होत्सेमा सात समूहका ६६, मकालुमा चार समूहका ५३, अमादब्लममा चार समूहका ४१, कञ्चनजङ्घामा चार समूहका ३२, अन्नपूर्णमा तीन आरोही समूहका २३ आरोही छन् ।

अघिल्लो वर्ष सन् २०१८ को यही मौसम (वसन्त ऋतु) मा सगरमाथासहितका हिमाल आरोहणका लागि १०७ आरोही समूह गएका थिए । तीमध्ये सगरमाथा आरोहणका लागि ३४ समूह गएका थिए । अनुकूल मौसमले यो वर्ष आरोहण उत्साहजनक हुने विभागका महानिर्देशक डण्डुराज घिमिरेले बताउनुभयो । वैशाखको तेस्रो सातासम्म आरोही आउने भएकाले यो वर्ष आरोहीको सङ्ख्या बढ्ने विमागको अनुमान छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । लगानी बोर्डको आज बसेको ४८औँ बैठकले दुई जलविद्युत् परियोजनाको निर्माण तथा विकास गर्न करिब रु ७३ अर्ब बराबरको

काठमाडौं । भारतको जयनगर–धनुषाको कुर्था खण्डमा यात्रुवाहक रेलसेवा सुरु गर्ने विषयमा नेपाल र भारतीय पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/०७९ मा नेपालमा ३ दशमलव ९ प्रतिशत मात्र आर्थिक वृद्धिदर प्राप्त हुने विश्व बैंकले प्रक्षेपण

रसुवा । कोरोना महामारी सुुरु भएपछि खुम्चिएको नेपाल-चीन व्यापार अझै सहज हुन सकेको छैन । कोटा प्रणालीमा सन्चालित आयात निर्यातलाई सहज