विद्यार्थीद्वारा उमावि परिषदमा ताला

१६ श्रावण २०६९, मंगलवार १६:२४ मा प्रकाशित

काठमाडौं, १६ साउन । शिक्षासंग सम्वन्धित विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका विभिन्न विद्यार्थी संगठनका पादाधिकारीहरुले उच्च माध्यामिक शिक्षा परिषद्का उपाध्यक्ष र सदस्य सचिवको कार्यकक्षमा ताला लगाएका छन् ।

परिषद्को कार्यालयमा पुगेका नौ विद्यार्थी संगठनले आफूहरुका शैक्षिक माग पुरा नगरेको आरोप लगाउदै उपाध्यक्ष र सदस्य सचिवको कार्यकक्षमा अनिश्चितकालिन तालाबन्दी गरेको नेविसंघका प्रवक्ता युपी लामिछानेले जानकारी दिए ।

कार्यलयमा ताला लगाउनु अघि विद्यार्थी संगठनका पदाधिकारीहरुले ‘एचएसइबीमा ’को मुल गेटमा उपाध्यक्ष र सदस्य सचिवलाई रोकेर कार्यालय प्रवेशमा रोक लगाएका थिए । नारावाजी सहित उत्रिएका विद्यार्थीले माग पुरा नहुँदा सम्म उनीहरुलाई कार्यालयमा प्रवेश रोक लगाउने चेतावनी दिएका छन् । नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी लगायत नौं विद्यार्थी संगठन विभिन्न शैक्षिक माग राखेर आन्दोलनमा रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपालगन्ज । बाँकेको भेरी अस्पतालमा १९० नमुना परीक्षण गर्दा ५५.७८ प्रतिशतमा कोरोना पोजेटिभ देखिएको छ । पछिल्लो २४ घण्टामा १९०

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या

काठमाडौ । सरकारले शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ । कोभिड – १९ व्यवस्थापन केन्द्र

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को समस्या समाधानका लागि सबै दलसँग सहयोगको आग्रह गरेका छन् । प्रधानमन्त्री