जलविद्यतुको विकासबाट मात्रै नयाँ नेपाल निर्माण सम्भव हुने प्रधानमन्त्रीको भनाई

१ चैत्र २०६८, बुधबार ०६:५५ मा प्रकाशित

काठमाडौ, १ चैत । प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले शान्ति र संविधान निर्माणपछि सरकारको सबै शक्ति आर्थिक विकासमा लगाउने बताउनु भएको छ । केही समयमा नै शान्ति र संविधान निर्माण पुरा हुने आश्वासन दिनुहुँदै प्रधानमन्त्री भट्टराईले त्यसपछिको ध्यान नेपालमो आर्थिक विकासका लगाउने बताउनुभयो । काठमाण्डुमा सुरु भएको जलविद्युत सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री भट्टराईले आर्थिक विकासका लागि जलविद्युत नै मेरुदण्ड भएकाले सरकार त्यसमा गम्भीर रहेको बताउनुभयो । प्रजातन्त्र प्लस हाड्रोपावर बराबर नयाँ नेपाल हुने भएकाले त्यो नारालाई सबेले ख्याल गर्नुपर्नेमा प्रधानमन्त्तीको जोड थियो । नेपालले विद्युत विकासका लागि वृहत कार्ययोजना बनाउन खोजीरहेको र यसअघि बनिसकेको ठूलो आयोजना पुरा गर्नेतर्फको सरकारको ध्यान केन्द्रित रहेको पनि प्रधानमन्त्रीको भनाइ छ । नेपाल उद्योग वार्णिज्य महासंघ, भारतीय उद्यायोग परिसंघ सिआइआई, स्वतन्त्र उर्जा उत्पादकहरुको सस्था (इप्पान), भारतीय एक्जिम बैंक र आर्थिक पत्रकार समाज सेजनले संयुक्त रुपमा सम्मेलनको आयोजना गरिएको हो । सन् २०१२ र २०१३ लाई लगानी वर्ष घोषणा गरिएको सन्दर्भमा जलीवदुत्मा हुने लगानी पहिल्याउन सम्मेलन सहयोगी बन्ने आयोजकले जनाएका छन् । चार वर्षपछि हुन लागेको सम्मेलनमा जलविद्युत क्षेत्रको नीतिगत व्यवस्था, यसका माध्यमबाट सामाजिक आर्थिक वृद्धि, देशभित्र र अन्तरदेशीय प्रसारणलाइन, जलविपद्युतको पहिचान र लगानीका विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । कर्मचारी समायोजनसम्बन्धी विवादमा सर्वोच्च अदालतको फैसला सार्वजनिक भएसँगै लोकसेवा आयोगलाई सम्पूर्ण परीक्षा सञ्चालन गर्न बाटो खुलेको छ ।

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन भएको छ । क्यान्सर रोगबाट पीडित नेता गिरीको आज राति ९:३० बजे

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी