आठौँ राष्ट्रिय खेलकूदः ब्याडमिन्टन शुरु

१ बैशाख २०७६, आईतवार २२:५८ मा प्रकाशित

घोराही, १ वैशाख । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत आजदेखि ब्याडमिन्टन खेल शुरु भएको छ । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एवं सांसद जीवनराम श्रेष्ठले उक्त खेलको उद्घाटन गर्नुभयो । उहाँले खेल राष्ट्रको चिनारी भएको बताउनुभयो । “खेलमा राम्रो गर्न सके देशलाई विश्वमा चिनाउन राम्रो माध्यम बन्नसक्छ”, उहाँले भन्नुभयो, “अन्य विकासका पूर्वाधार जस्तै खेलकूदमा पनि अझै धेरै पूर्वाधार तयार पार्नु पर्नेछ ।” खेललाई युवाका निम्ति बाँच्ने आधार बनाउनुपर्ने उहाँको भनाइ थियो ।

नेपाल ब्याड्मिन्टन सङ्घका केन्द्रीय अध्यक्ष रामजी श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, जिल्ला खेलकूद विकास समितिका अध्यक्ष डिल्लीबहादुर डाँगीलगायतले उद्घाटन कार्यक्रममा सफलताको कामना गर्नुभएको थियो । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी १० टिमको सहभागिता रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

स्पेनिस ला लिगा फुटबलको बार्सिलोना लेभान्तेसंग बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा लेभान्तेसँग बार्सिलोना ३ –३ को बराबरीम रोकिएको

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले पुनरागमन जित निकालेको छ । गएराति भएको खेलमा युनाईटेडले १० खेलाडीमा सिमित

लन्डन । म्यानचेष्टर युनाइटेड रोमालाई पराजित गर्दै युईएफए युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । त्यसैगरी स्पेनिस क्लब भिल्लारियल आर्सनललाई

लन्डन । इंग्लिस क्लब चेल्सीले यूईएफए च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा रियल