‘आफैभित्र तिक्तता भएका कारण काँग्रेस धरासायी’

१ बैशाख २०७६, आईतवार २२:४७ मा प्रकाशित

बनेपा, १ वैशाख । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपाली काङ्ग्रेस आफैभित्र तिक्तता रहेका कारण पार्टी धरासायी भएको बताउनुभएको छ ।

काभ्रेपलाञ्चोकको बनेपामा आज नेपाली काङ्ग्रेस बनेपा नगर समितिले आयोजना गरेको ‘नयाँ वर्ष २०७६ सालको शुभकामना आदानप्रदान, भित्तेपात्रो विमोचन तथा चियापान’ कार्यक्रममा उहाँले काङ्ग्रेसको नीति उत्तम र कार्यकर्ता समक्ष भएको बताउनुभयो । महामन्त्री कोइरालाले पार्टीभित्र एकजुटता भए काङग्रेसलाई कसैले हराउन नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले एकताको सन्देश दिन सक्नुप¥यो ।”

बिपी कोइरालाले एकताको सन्देश दिए पनि त्यसलाई जोगाउन नसकेको उल्लेख गर्दै उहाँले नयाँ वर्षले एकजुट हुने अवस्था मिलाइदियोस् भन्ने कामना गर्नुभयो । सो अवसरमा उहाँले प्रधानमन्त्रीले सम्पूर्ण अधिकार हातमा लिन खोजिरहेको आरोप लगाउनुभयो । सञ्चारमाध्यममा हस्तक्षेप, न्यायालयमा कब्जा र सेनालाई अधिनमा राख्न खोजिरहेको अवस्था रहेको भन्दै त्यस्तो अवस्थाले समृद्ध राष्ट्र निर्माण हुन नसक्ने महामन्त्री कोइरालाको भनाइ थियो । हरेक ठाउँमा हस्तक्षेप गरिरहेको अवस्थामा काङ्ग्रेस भने आफ्नै कारणले अजिङ्गरले खाइरहेको अवस्थामा भ्यागुतो भएर जिब्रो निकालेर फट्याङ्ग्रा मार्न खोजिरहेको जस्तो अवस्थामा भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रसंघीय जलवायु सम्मेलन संरचना महासन्धी (कोप-२६) अन्तर्गत नोभेम्बर १ र २ मा स्कटल्यान्डको ग्लास्गोमा हुने

काठमाडौँ ।संसद्को नवौं अधिवेशन सुरु भएदेखि नै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संंसद अवरुद्ध गर्दै आएका छ ।सत्तापक्ष र प्रतिपक्षबीचको

धनगढी।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोगबारे सत्ता गठबन्धनमा छलफल नभएको बताएका छन् । आचरणको प्रश्न उठेपछि

मकवानपुर । बागमती प्रदेशमा आज नयाँ मुख्यमन्त्री नियुक्त हुँदैछन् । गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादी पार्टीका संसदीयदलका नेता मुख्यमन्त्री बन्ने