१६औँ फेवा नव वर्ष महोत्सव: पर्यटक दौडमा अमेरिकाका ब्रायन प्रथम

३० चैत्र २०७५, शनिबार २२:०२ मा प्रकाशित

कास्की, ३० चैत । पोखरामा जारी १६औँ फेवा नव वर्ष महोत्सवअन्तर्गत आज भएको पर्यटक दौड प्रतियोगितामा अमेरिकाका ब्रायन किनले प्रथम स्थान हासिल गर्नुभएको छ ।

अन्तर्राष्ट्रिस्तरमा पोखराको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको सो दौड प्रतियोगितामा बेलायतका एलेक्स हक्कन द्वितीय तथा क्यानडाका माइकर बेकर तृतीय हुनुभयो । महिलातर्फ बेलायतकी हाना कारस प्रथम, फ्रान्सकी भिओलेट लेफर दोस्रो र अमेरिकाकी सारा कोइनीले तृतीय हुन सफल हुनुभएको थियो ।

प्रतियोगितामा विभिन्न देशका ६६ पर्यटकले सहभागिता जनाएको प्रतियोगिताका संयोजक अनिल सिंहले जानकारी दिनुभयो । हल्लनचोकस्थित पिस प्लाजा होटलदेखि रत्न मन्दिरको दक्षिणी गेटसम्म सहभागीहरु दौडिएका थिए । प्रतियोगितामा प्रथम हुनेले बुद्ध वा यती एयरको पोखरा–काठमाडौँ उडान टिकट, विजी वी क्याफेमा ककटेल डिनर र सिइङ हेण्ड्समा मसाजको सुविधा पाएका छन् ।

त्यसैगरी द्वितीय हुनेलाई अन्नपूर्ण वा पोखरा प्याराग्लाइडिङ कम्पनीबाट ३० मिनटको टेण्डम उडान सुविधा, विजी वी क्याफेमा ककटेल डिनरको सुविधा र सिइङ हेण्ड्समा मसाजको सुविधा प्रदान गरिएको छ । त्यस्तै तृतीयका लागि भने पोखरा–काठमाडौँ रुटमा ग्रिनलाइन टुर्सको टिकट, ककटेल डिनर र मसाजको सुविधा व्यवस्था गरिएको आयोजक पश्चिमाञ्चल होटल सङ्घले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नर्दन आयरल्यान्डविरुद्ध सहज जितसँगै नर्वेले यूइएफए महिला युरो च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । बिहीबार राति साउथह्याम्पटनमा भएको

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोलाई यसै खेलाडी ट्रान्सफरमा बेच्न म्यानचेस्टर युनाइटेड तयार भएसँगै उनी कुन क्लबमा जान्छन् भन्ने कौतुहलता बढेको छ

काठमाडौं । भारतले पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा बिहीबार राति घरेलु टोली इंग्ल्यान्डलाई ५० रनले पराजित गरेको छ । जितसँगै तीन

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले जमैका तल्लावाजबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्ने भएका छन् । आगामी