प्राज्ञिक क्षेत्रमा हस्तक्षेप गरिएको छ : सभापति देउवा

३० चैत्र २०७५, शनिबार २१:५७ मा प्रकाशित

धनगढी, ३० चैत । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले प्राज्ञिक क्षेत्रलाई आफूखुशी नियन्त्रणमा राखेर हस्तक्षेप गरेको आरोप लगाउनुभएको छ ।

प्रजातन्त्रवादी प्राध्यापकको आज यहाँ भएको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री देउवाले आफ्नो नेतृत्वको सरकारले नियुक्त गरेका सुदूरपश्चिम विश्वविद्यालयका पदाधिकारीलाई अहिलेको सरकारले विनाकारण हटाएको बताउनुभयो ।

सभापति देउवाले भन्नुभयो, “सरकारी हस्तक्षेपका विरुद्ध प्राध्यापकले गर्ने गतिविधिमा पार्टीले सहयोग गर्नेछ ।” सो अवसरमा विभिन्न व्यक्तिलाई सभापति देउवाले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । क्षेत्रीय भेलाले प्राध्यापकको नयाँ क्षेत्रीय कार्यसमिति गठन गर्ने जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

  काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले सय दिन पुरा गरिसकेको छ । तर, यो सरकारले पनि सय

नेकपा (एमाले)ले यसवर्ष पनि दसैँ, तिहार, नेपाल सम्बत् र छठपर्वको अवसरमा चियापान नगर्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमणको कारण

काठमाडौँ । सरकार र अनसनरत रुवी खानबीच सहमति भएको छ । सहमतिसँगै खानले अनसन स्थगित गरेकी छन् । बाँकेकी नन्कुन्नी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा ग्लास्गोमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी ‘वर्ल्ड लिडर्स समिट’मा सहभागी हुने भएका छन् । सोमबार बसेको