पाकिस्तानमा विस्फोट, १६ जनाको मृत्यु

२९ चैत्र २०७५, शुक्रबार २२:४२ मा प्रकाशित

क्वेटा, पाकिस्तान, २९ चैत (एएफपी) – पाकिस्तानको दक्षिणपश्चिमी शहर क्वेटाको एक फलफूल बजारमा शुक्रबार बिहान सबेरै भएको बम विस्फोटमा कम्तीमा १६ जनाको मृत्यु हुनुका साथै अन्य ३० जना घाइते भएका छन् ।

बलुचिस्तानका प्रान्तीय प्रहरी प्रमुख मोहसिन बटका अनुसार मारिएका व्यक्तिहरुमा आठ जना अल्पसंख्यक शिया हजारा मुसलमान समुदायका व्यक्तिहरु रहेका छन् । ती आठ जनामा पनि एक सुरक्षा अधिकारी र बजारका एक कामदार रहेका छन् ।

सहजै पहिचान गर्न सकिने मध्य एसियाली हजारा समूदायमाथि सुन्नी विद्रोही समूहले बेलाबखत आक्रमण गर्ने गरेका छन् । सुन्नी समुदायले हजारा समुदालाई धर्मविरोधीको आरोप लगाउने गर्दछन् ।
बलुचिस्तानको प्रान्तीय राजधानी क्वेटा नजिकको हजारगन्जीमा सो विस्फोट भएको वरिष्ठ प्रहरी अधिकृत अब्दुल रजाक चिमाले बताउनुभयो ।

बम विस्फोट भएको सो क्षेत्र रगताम्य भएको र घाइतेहरुले सहयोगका लागि रुवाबासी गरेको एएफपीका एक समाचारदाताले बताएका छन् ।

यस आक्रमणको कुनै पनि समूहले शुक्रबार बिहानसम्म जिम्मा लिएको छैन । क्वेटा शहरको कूल जनसंख्या २३ लाखमध्ये पाँच लाख हजारा समूहका व्यक्तिहरु छन् ।

हजाराहरुलाई लडाकू समूहले प्रायः आक्रमण गर्ने गरेका र फलफूल बजार आउँदा पनि प्रहरीले सुरक्षा दिने गरेको प्रहरी प्रमुख बटले जानकारी दिनुभयो ।

पाकिस्तानको उत्तरपश्चिम शहर पेसावरमा अवस्थित एक सैनिक विद्यालयमा सन् २०१४ तालिबान लडाकू समूहले गरेको भीषण आक्रमणपछि पाकिस्तानमा उल्लेखनीय रुपमा हिंसा घटेको अनुमान गरिँदै आएको थियो । यस आक्रमणमा बालबालिका सहित १५० जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोना संक्रमण उच्च भएको भारतमा मृतकको संख्या अत्याधिक हुनथालेपछि शव व्यवस्थापनमा समस्या भएको छ । बीबीसीका अनुसार उत्तरी भारतको गंगा

नयाँ दिल्ली । कोरोनाभाइरस महामारीको दोस्रो लहरका कारण निकै प्रभावित भएको भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या

काबुल, २६ बैशाख (रासस–सिन्ह्वा) – अफगानिस्तानको काबुलस्थित एउटा बालिका माध्यमिक विद्यालय बाहिर भएका तीन वटा बिस्फोटमा परेर मृत्यु हुनेको संख्या

नयाँ दिल्ली, २६ बैशाख (रासस–एएनआई) – भारतमा लगातार चौथो दिन कोरोनाभाइरस संक्रमितको संख्या चार लाखभन्दा बढी पाइएको छ । केन्द्रीय