टेलिभिजनको फ्रिक्वेन्सीमार्फत इन्टरनेट सेवासमेत सञ्चालन गर्न अनुमति आपत्तिजनक

२९ चैत्र २०७५, शुक्रबार २२:३९ मा प्रकाशित

काठमाडौँ, २९ चैत । इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान) ले टेलिभिजन प्रयोजनका लागि प्रयोग गर्दै आएको फ्रिक्वेन्सीमार्फत इन्टरनेट सेवासमेत सञ्चालन गर्न अनुमति दिने तयारी भइरहेको भन्दै त्यसबारेमा ध्यानाकर्षण भएको जनाएको छ ।

आइस्पानले आज नेपाल दूरसञ्चार प्राधिकरण कार्यालयअघि धर्ना दिनाका साथै आफ्ना मागसहितको ज्ञापनपत्र बुझाएको छ । प्राधिकरणका कावा अध्यक्ष पुरुषोत्तम खनाललाई ज्ञापनपत्र बुझाउँदै आइस्पानका अध्यक्ष भोजराज भट्टले आफ्ना मागका बारेमा जानकारी गराउनुभयो ।

प्राधिकरणका कावा अध्यक्ष खनालले सो बारेमा आधिकारिकता बुझेर छलफल गरिने बताउनुभयो । आइस्पानका अध्यक्ष भट्टले टेलिभिजन प्रयोजनका लागि प्रयोग गर्दै आएको फ्रिक्वेन्सीमार्फत इन्टरनेट सेवासमेत सञ्चालन गर्न दिनु दूरसञ्चार सेवाको अनुमतिपत्र तथा फ्रिक्वेन्सी वितरणको मान्यता र अभ्यास विपरीत रहेको बताउँदै उक्त कार्य भइरहेको भए अविलम्ब रोक्न माग गर्नुभयो ।

यसअघि टेलिभिजन सञ्चालनका लागि छुट्याइएको फ्रिक्वेन्सी टेलिभिजन प्रसारण सेवा एनालगबाट डिजिटल प्रविधिमा गइसकेपछि रिजर्व रहेको फ्रिक्वेन्सी दूरसञ्चार कानूनअनुसार प्राधिकरणमार्फत ल्याई हाल अपनाइआएको विधिबमोजिम नै फ्रिक्वेन्सी वितरण गर्ने व्यवस्था मिलाउनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

महेन्द्रनगर । पछिल्लो समय सुदूरपश्चिममा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गए पनि त्यसको नियन्त्रणका लागि सतर्कता भने अपनाइएको छैन । भारतका

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा सात सय ६० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या

वालिङ । स्याङ्जामा एक वर्षको अवधिमा चार सय ६१ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । स्याङ्जा जिल्ला अदालतमा आर्थिक

काठमाडौँ ।  छिमेकी मुलुक भारतमा कोरोना भाइरसको सङ्क्रमण बढिरहेको बेला नेपालमा पनि यसको प्रभाव देखिन थालेको छ ।  ओमिक्रोनको ‘विएफाइभ’