यू–१९ विश्वकप छनोट : नेपालद्वारा सिङ्गापुर पराजित

२९ चैत्र २०७५, शुक्रबार २२:३६ मा प्रकाशित

काठमाडौँ, २९ चैत । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) यू–१९ एक दिवसीय विश्वकप क्रिकेटको एशिया छनोटमा नेपालले विजयी शुरुआत गरेको छ । आज भएको पहिलो खेलमा नेपालले सिङ्गापुरलाई २१७ रनको फराकिलो अन्तरले हराएको हो ।

मलेसियाको क्वालालम्पुरमा नेपालले सिङ्गापुरलाई २८३ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ गरेको सिङ्गापुरले ३१ ओभरमा सवै विकेट गुमाउँदै ६५ रन बनायो । सिङ्गापुरका इशान स्वानीले सर्वाधिक २८ र साइ भेनु गोपालले १८ रन बनाए । बलिङतर्फ नेपालका पवन सर्राफले तीन, कुशल मल्ल र सूर्य तामाङले दुई÷दुई तथा राशिद खानले एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले ४६ ओभरमा सवै विकेट गुमाई २८२ रन बनाएको थियो । नेपालले १८ रन जोड्दा दुई विकेट गुमाएको थियो । कप्तान रोहितकुमार पौडेल र पवन सर्राफले ९० रनको साझेदारी गरी नेपाललाई सम्मानजनक स्कोरसम्म पु¥याएका थिए । रोहितले ९५ रन तथा पवनले ४७ रन बनाए । राशिद खानले ४८, कमलसिंह ऐरीले ३१ तथा भीम सार्कीले २६ रन बनाए । बलिङतर्फ सिङ्गापुरका लागि आथर्भा गुनेले चार, राहुल शर्मा र बिनित मेहेताले दुई-दुई विकेट लिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । देशकै पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग (एनएसएल)को पहिलो सिजनको फाइनलमा शनिबार धनगढी एफसी र काठमाडौं

मड्रिड । स्पेनिस लिग फुटबलमा गएराति रियाल मड्रिड र भियारियाल विजयी भएका छन् । उपाधि होडमा रहेको रियाल मड्रिडले ग्रानाडालाई

स्पेनिस ला लिगा फुटबलको बार्सिलोना लेभान्तेसंग बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा लेभान्तेसँग बार्सिलोना ३ –३ को बराबरीम रोकिएको

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले पुनरागमन जित निकालेको छ । गएराति भएको खेलमा युनाईटेडले १० खेलाडीमा सिमित