नेपाली कांग्रेसको नीति प्रतिष्ठानमा सदस्यहरु नियुक्त

२९ चैत्र २०७५, शुक्रबार २२:३४ मा प्रकाशित

काठमाडौँ, २९ चैत । नेपाली काँग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले पार्टीमा आबद्ध ३८ जनालाई प्रतिष्ठान सदस्यमा नियुक्त गर्नुभएको छ ।

काङ्ग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३६ (१) (ग) बमोजिम केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यमा आज उहाँले डडेल्धुराकी आरजु देउवा, तनहुँका जगदीशचन्द्र पोखरेल, प्यूठानका गोविन्दराज पोखरेल, महोत्तरीका सूर्य ढुङ्गेल, सिन्धुपाल्चोकका तारानाथ दाहाल, काठमाडौँका गेजा शर्मा वाग्ले, भक्तपुरका राजु नेपाललगायतलाई नियुक्त गर्नुभएको पार्टीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रसंघीय जलवायु सम्मेलन संरचना महासन्धी (कोप-२६) अन्तर्गत नोभेम्बर १ र २ मा स्कटल्यान्डको ग्लास्गोमा हुने

काठमाडौँ ।संसद्को नवौं अधिवेशन सुरु भएदेखि नै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संंसद अवरुद्ध गर्दै आएका छ ।सत्तापक्ष र प्रतिपक्षबीचको

धनगढी।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोगबारे सत्ता गठबन्धनमा छलफल नभएको बताएका छन् । आचरणको प्रश्न उठेपछि

मकवानपुर । बागमती प्रदेशमा आज नयाँ मुख्यमन्त्री नियुक्त हुँदैछन् । गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादी पार्टीका संसदीयदलका नेता मुख्यमन्त्री बन्ने