वाइड बडी जहाज खरीद प्रकरण, छ महीनामै डेढ अर्ब घाटा: महालेखा प्रतिवेदन

२९ चैत्र २०७५, शुक्रबार २२:३१ मा प्रकाशित

काठमाडौँ, २९ चैत । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले खरीद गरेको वाइड बडी जहाजको लक्ष्यअनुसार उडान भर्न नसक्दा रु एक अर्ब ५० करोडभन्दा बढी नोक्सानी व्यहोरेको छ । महालेखा परीक्षकको ५६औँ वार्षिक प्रतिवेदनअनुसार गन्तव्य टुङ्गो लगाएर प्रभावकारी रुपमा सञ्चालन गर्न नसक्दा २०७५ साउनदेखि पुससम्म दुई वाइड बडी जहाजबाट रु एक अर्ब ६६ करोड ३१ लाख अनुमानित नोक्सानी भएको छ ।

जहाज खरीद प्रक्रिया शुरु गरेपछि निगमले २०७३ असोज ८ मा व्यावसायिक योजना तयार गरेको थियो । सन् २०१९ देखि दमाम, सोल, सिड्नी, टोकियो र हङकङमा उडान हुनुपर्ने थियो । अहिलेसम्म वाइड बडीले कुनै पनि ठाउँमा उडान भर्न सकेको छैन । जहाज खरीद गर्दा भएको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ ।

जहाज खरीदका लागि कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट रु २३ करोड ६१ लाख ऋण लिएको छ । जहाज खरीद गर्दा रु २२ अर्ब ९० करोड १७ लाख १६ हजार खर्च भएको छ । व्यावसायिक योजनाअनुसार उडान गर्न नसक्दा निगम साँवा र ब्याज तिर्न नसक्ने अवस्थामा पुगेको छ । निगमले गत पुस ३० गतेभित्र तिर्नुपर्ने साँवा र ब्याजको किस्ता रु ८० करोड ४२ लाख तिर्न सकेको छैन । लामो दूरीमा विमान सञ्चालन गर्न नसकेमा नोक्सानी अझै बढ्ने स्थिति रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि बोलाएका फुलकोर्ट बैठक अन्य न्यायाधीशले बहिस्कार गर्ने घोषणा गरेका छन् । आइतबार

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेले स्थगित गर्न माग गरेपछि प्रदेश १ को प्रदेशसभा बैठक स्थागित भएकोछ । प्रदेसभाको

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नेपाल बारले उठाउँदै आएका माग पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । आइतबार नेपाल बारका पदाधिकारीसँग

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा मत विभाजन हुँदा नेपाली कांग्रेसका सांसदले ‘फ्लोर

आजको प्रमुख समाचार