विदेश गएका युवालाई स्वदेश फर्काउनु सरकारको दायित्व हो : प्रवक्ता श्रेष्ठ

२९ चैत्र २०७५, शुक्रबार २२:२९ मा प्रकाशित

गोरखा, २९ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले जनताको आवश्यकता पूरा गर्नु सरकारको कर्तव्य र दायित्व भएको बताउनुभएको छ । सिरानचोक गाउँपालिका–४ चोरकाटेमा आज चिसापानी लिफ्टिङ खानेपानी आयोजनाको उद्घाटन गर्दै उहाँले वर्तमान नेकपा नेतृत्वको सरकार जनताको प्राथामिकता र आवश्यकतालाई ध्यानमा राखेर अघि बढिरहेको बताउनुभयो ।

“जनताको जीवनमा परिवर्तन भएन भने राजनीतिक परिर्वतनको अर्थ रहँदैन”, प्रवक्ता श्रेष्ठले भन्नुभयो, “अहिले सरकारको काँधमा त्यो जिम्मेवारी छ ।” देशमा एउटा राजनीतिक आन्दोलन पूरा भए पनि अहिले नै जनताको जीवनस्तरमा परिवर्तन भई नसकेको उहाँको भनाइ थियो । जनताका सबै खालका आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध रहेको श्रेष्ठले बताउनुभयो ।

“कानून बनाएर जनताका अधिकार स्थापित गर्नेतर्फ हामी अगाडि बढिरहेका छौँ”, उहाँले भन्नुभयो । विदेश गएका युवालाई स्वदेश फर्काउन सस्तो ब्याजदरमा ऋण उपलब्ध गराएर नेपालमै व्यवसाय गराउन प्रेरित गर्ने कामले प्रभावकारी भएको नेता श्रेष्ठले उल्लेख गर्नुभयो । सरकारले अहिले गाउँ केन्द्रित, गरीब र उत्पीडित जनता केन्द्रित विकास गर्न खोजेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशनको रोकिएको प्रक्रिया तिहार लगत्तै सुरु हुने बताउनुभएको छ ।

पोखरा । गण्डकीमा नयाँ मन्त्रिमण्डल विस्तार गर्दा सल्लाह नभएको भन्दै सत्ता साझेदार दलहरूबीच नै मनमुटाव सुरु भएको छ । नेकपा

काठमाडौं । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले वर्तमान सरकारबाट कुनै आश नरहेको बताएका छन् । सर्वोच्च अदालतको परमादेशमा प्रधानमन्त्री नियुक्त

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले संवैधानिक निकाय र सरकारमा मात्र नभई राजदूतमा पनि भाग खोजेका छन् । उनले आफ्ना सम्धी