संविधानसभा पुनस्र्थापन हुन नसक्ने कांग्रेस सभापतिहरुको ठहर

१६ श्रावण २०६९, मंगलवार १६:०१ मा प्रकाशित

सिन्धुपाल्चोक (बाह्रविसे), १६ साउन । कांग्रेसका अधिकांश जिल्ला सभापतिहरुले संविधानसभा पुनःस्थापनाको चर्को विरोध गरेका छन् ।
सिन्धुपाल्चोकको बाह्रविसेमा सोमबारदेखि जारी भेलामा धारणा राख्ने जिल्ला सभापतिहरुले नयाँ संविधान दिन नसक्ने संविधानसभा पुनःस्थापना गर्न आवश्यक नरहेको जनाएका हुन् । ‘निर्वाचनमा जान डराउनु हुँदैन,’ भेलामा सहभागीहरुका अनुसार, ‘संविधानसभा पुनःस्थापना उचित छैन ।’
केही सभापतिहरुले निर्वाचन भन्दा पनि संविधानसभा पुनःस्थापना गरेर जानुपर्ने सुझाव दिए । उनीहरुले थोरै समयका लागि संविधानसभा व्यूताउन माग गरेका हुन् ।
भेलामा सभापतिहरुले महा–समिति बैठक पनि बोलाउन नेतृत्वलाई दबाव दिएका छन् । उनीहरुले नवलपरासीमा महा–समिति बैठक गनुपर्ने प्रस्ताव गरेको सहभागीहरुले जनाएका छन् ।
यसैवीच, कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले संविधानसभा पुनःस्थापनाको माग गरेका छन् । उनले नयाँ निर्वाचन गराउन र अन्तरिम संविधान संशोधनका लागि संविधानसभा पुनःस्थापना आवश्यक रहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गरेका छन् । अखिल नेपाल

काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षका सांसद नारदमुनि रानाले संसद पुनःस्थापना र अहिलेको सरकार सर्वोच्च अदालतले बनाइदिएको भनेपछि संसदको अन्तर्राष्ट्रिय

काठमाडौं । सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका

म्याग्दी । पहिराले थुनिएको म्याग्दीको धवलागिरि गाउँपालिका-१ स्थित गुर्जाखोला तलाउ भरिएर प्राकृतिकरूपमा बग्न थालेको छ । गुर्जाको खास्टा भन्ने ठाउँमा