राष्ट्रिय पुनःनिर्माण प्राधिकरण दोलखा जिल्ला एकाइमा तालाबन्दी

२९ चैत्र २०७५, शुक्रबार २२:१८ मा प्रकाशित

चरीकोट, २९ चैत । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण दोलखाअन्तर्गत जिल्लामा रहेका प्राविधिकले चारबुँदे माग राख्दै जिल्ला आयोजना कार्यान्वयन एकाइ चरिकोटमा तालाबन्दी गरेका छन् । पुनःनिर्माण प्राविधिक हकहित जिल्लास्तरीय सङ्घर्ष समिति दोलखाले पुनःनिर्माणसम्बन्धी माग राख्दै कार्यालयमा आज तालाबन्दी गरेको समितिका संयोजक पुण्यप्रसाद रिमालले बताउनुभयो ।
समितिले कार्यालयसँग आवास पुनःनिर्माण लाभग्राहीको किस्ता समयमै उपलब्ध गराउनुपर्ने, विगतका वर्षमा खाईपाई आएकोे प्रोत्साहन भत्ता, भौगोलिक भत्ता, सञ्चार र यातयात खर्च मासिक रुपमा उपलब्ध गराउनुपर्ने, पुनःनिर्माणमा खटिएका प्राविधिकको स्वास्थ्य तथा सुरक्षा बीमा गरिनुपर्ने लगायत माग राखेको छ । तीन वर्षदेखि पुनःनिर्माणमा निरन्तर प्राविधिक सेवा दिइँदै आएकामा प्राधिकरणबाट खाईपाई आएको सेवासुविधा कटौती भएको भन्दै प्राविधिकले आन्दोलन गर्दै आएका छन् । तालाबन्दी गरेसँगै प्राविधिकले आजदेखि पुनःनिर्माणसँग सम्बन्धित सम्पूर्ण काम बन्द गरेको संयोजक रिमालले बताउनुभयो । दोलखामा भूकम्पपछिको पुनःनिर्माणका लागि २०१ प्राविधिकले काम गर्दै आएका छन् । प्राविधिकले तालाबन्दीसँगै पुनःनिर्माणको काम बन्द गरेपछि दोलखाको पुनःनिर्माणमा समस्या भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । मस्तिष्क मानव शरीरको सबैभन्दा जटिल अंग हो। मानव मस्तिष्कको विकासबारे एक पछिल्लो अध्ययनले करिब-करिब मिल्दोजुल्दो तथ्य उजागर गरेको छ। करिब

काठमाडौँ ।नयाँ संविधान २०७२ कार्यन्वयनमा आएपछि मुलुक संघीय संरचना अनुसार सञ्चालित छ । मुलुकमा संघीयताको स्थापनासँगै सिंहदरवारमा निहित अधिकार जनताको

काठमाडौँ ।राज्य संचालनका लागि नभई नहुने र चल्नै पर्ने तीन अंग यतिबेला लथालिङगको अवस्थामा छन् । कार्यपालिका, व्यवस्थापिका र न्यायापालिका

काठमाडौँ ।प्रधानन्यायाधीशबाटै न्यायालयको स्वच्छता, स्वतन्त्रता र गरिमा संकटमा परेपछि न्यायाधीशहरुले नै ‘फुलकोर्ट’ बहिष्कार गर्ने ऐतिहासिक निर्णय गरे । न्यायाधीशहरू अदालतभित्र

आजको प्रमुख समाचार