जर्मन राजदूतद्वारा राष्ट्रपतिसंग बिदाइ भेट

१६ श्रावण २०६९, मंगलवार १५:५९ मा प्रकाशित

काठमाडौं, १६ साउन । नेपालका लागि जर्मनीका राजदूत भेरेना ग्राफिन कार्यकाल पूरा गरी स्वदेश फर्कंदै हुनुहन्छ । राष्ट्रपतिको कार्यालय सितल निवासमा आज उहांले राष्ट्रपति डा. रामवरण यादवसंग विदाई भेट गर्नुभयो । विदाई भेटवार्तामा राजदूत ग्राफिनले नेपालको शान्ति प्रक्रिया, संविधानसभा विघटनपछि दलहरुवीच बढेको दूरी, राष्ट्रिय सहमतिको सरकार गठनलगायतका विषयमा चासो राख्नु भएको शितल निवास सुत्रले जनाएको छ ।

राजदूत ग्राफिनको जिज्ञासाको जवाफमा राष्ट्रपतिले मुलुकलाई निकास दिन दलहरु छलफलमा रहेकाले र छिट्टै मुलुकले गति लिने बताउनुभएको थियो । कठिन परिस्थितिमा पनि जर्मनीले नेपाललाई सहयोग गर्दै आएको बताउँदै राजदूत ग्राफिनले भविष्यमा पनि त्यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । काठमाडौंको पश्चिम उत्तरतर्फ पर्ने नागार्जुनको जंगलमा डढेलो लागेको छ । नागार्जुनस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा लागेको डढेलो निभाउनका

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न

काठमाडौं । नेपाल पत्रकार महासङ्घको बुधबार भएको २६ औं महाधिवेशनबाट विपुल पोखरेल नेतृत्वको प्यानलले जित हासिल गरेको छ । महासङ्घ

काठमाडौं । पूर्व महाराज ज्ञानेन्द्र शाहले भारतका गृहमन्त्री अमित शाहसँग भेटघाट गरेका छन् । उनी दुई दिनअघि भारतको हरिद्वारमा जारी