चिकित्सक संघको ७२ घण्टे अल्टिमेटम, वार्ताको माध्यमद्धारा समस्या समाधान गर्न आग्रह

२९ चैत्र २०७५, शुक्रबार ०१:२३ मा प्रकाशित

काठमाडौं, २८ चैत । नेपाल चिकित्सक संघले सरकारलाई आन्दोलनरत चिकित्सकहरुको समस्या वार्ताको माध्यमद्धारा समाधान गर्न आग्रह गर्दै ७२ घण्टे अल्टिमेटम दिएको छ ।

संघका महासचिव डा. लोचन कार्कीले संचार माध्यामलाई दिएको जानकारी अनुसार सरकारलाई विहिवारदेखि ७२ घण्टाभित्र वार्ता र संवादको माध्यमबाट समस्याको समाधान निकाल्न अल्टिमेटम दिएको बताए ।

संघले भनेको छ, ‘काठमाडौं उपत्यकाभित्रका सरकारी अस्पताल, गैरसरकारी अस्पताल, निजी स्वास्थ्य संस्था, मेडिकल कलेज, विभिन्न विशेषज्ञ, नागरिक समाजका प्रतिनधि लगायतका चिकित्सापेशासँग संलग्न स्वास्थ्य संस्थाका प्रतिनिधिहरुबीच विहिवार छलफल गरिएको थियो । चिकित्सकको माग र संवेदनशीलतालाई बेवास्ता गर्दै पेशागत मान मर्यादालाई अवमूल्यन गरिए संघले सशक्त ढंगले विरोधका कार्यक्रम मुलुकभर सञ्चालन गर्न बाध्य हुने चेतावनी दिइएको छ ।’

चेतावनीमा संघका सम्पूर्ण शाखा कार्यालयहरु, देशभर सरकारी तथा निजी स्वास्थ्यसंस्थाहरुलाई संघबाट घोषणा हुने सशक्त विरोधका कार्यक्रमहरुको लागि तयारी अवस्थामा बस्ने समेत अनुरोध गरिएको छ । संघबाट घोषणा गरिने आन्दोलनका कार्यक्रमहरुबाट स्वास्थ्य क्षेत्रमा उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकार नै हुने जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । कोरोना माहामारीका कारण कोरिया जान रोकिएका कामदारहरु कोरिया पठाउने प्रक्रिया सुरु भएको छ । वैदेशिक रोजगारीका लागि आकर्षक

काठमाडौं । गजेन्द्र हमालको मन्त्री नियुक्तिबाट सुरु भएको प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा र महाअभियोग चर्चाले न्यायालय तातेको छ । सर्वोच्च अदालतका न्यायाधीशहरू,

काठमाडौ।पछिल्लो समय नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी पृष्ठभूमिका नेता रामबहादुर थापा ‘बादल’बीच दूरी बढेको छ । एमालेको

काठमाडौं । चीनबाट १० लाख २० हजार डोज कोभिडविरुद्धको भेरोसेल खोप आज नेपाल ल्याइएको छ । सरकारले कोभ्याक्स कष्ट सेयरिङ