जुलियन असान्जलाई बेलायतको प्रहरीले पक्राउ गर्‍याे

२९ चैत्र २०७५, शुक्रबार ०१:१६ मा प्रकाशित

काठमाडौं, २८ चैत । विकिलिक्सका संस्थापक सम्पादक जुलियन असान्जलाई बेलायतको प्रहरीले पक्राउ गरेको छ । ६ वर्षयता शरण दिँदैआएको इक्वेडर सरकारले अवधि नथपिदिएपछि बेलायत प्रहरीले पक्राउ गरेको हो ।

सन् २०१२ देखि लण्डनस्थित इक्वेडरको राजदूतावासमा आत्मरक्षाका लागि बस्दैआएका असान्जलाई दूतावासका अधिकारीले बाहिर ल्याएपछि लण्डन प्रहरीले हिरासतमा लगेको छ । असान्जले फेरि मुद्दा लड्न भने सक्ने छन् ।

अमेरिकी सरकारले लुकाइराखेका लाखौं सूचना विकिलिक्स मार्फत सार्वजनिक गरेपछि जुलियन असान्जलाई अमेरिकी सरकारले निगरानी बढाएको हो । लगत्तै स्वेडेनमा उनीमाथि यौन दुव्र्यवहारको मुद्दा दायर भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

एजेन्सी । सेनाद्वारा घरमै नजरबन्दमा राखिएका भनिएका सुडानका प्रधानमन्त्री अब्दुल्लाह हामडोक घर फर्किएका छन् । प्रधानमन्त्री हामडोकलाई राजधानी खार्तुमस्थित आफ्नै

रियो दि जेनेरियो । ब्राजिलको संसदीय समितिले राष्ट्रपति जैर बोल्सोनाविरुद्ध अपराधिक मुद्दा लगाउन सुझाव दिएको छ । कोभिड महामारी नियन्त्रणमा

काठमाडौं । औंलामा गन्न सकिने विश्वका सर्वाधिक धनाढ्य व्यक्तिको कुल आम्दानीको केही अंशले भोकमरी समस्या समाधान गर्न सकिने संयुक्त राष्ट्रसंघीय

काठमाडौँ ।गृहयुद्ध टार्नका लागि सत्ता आफ्नो हातमा लिएको सुडानी सेनाले दाबी गरेको छ । सैनिक कू गरेका जनरल अब्देल फातक