सरकारले कर आतंक सुरु गरेर जनतालाई त्रसित बनायो : शेरबहादुर देउवा

२९ चैत्र २०७५, शुक्रबार ०१:१४ मा प्रकाशित

पोखरा, २८ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकारले कर आतंक मच्चाएको आरोप लगाएका छन् । नेपाली कांग्रेस केन्द्रिय कोषाध्यक्षहरुको भेलालाई पोखरामा सम्बोधन गर्दै सभापति देउवाले ओली सरकारले एउटा कुखुरामा समेत कर लगाएको भन्दै सरकारविरुद्ध कडा प्रतिक्रिया दिएका हुन् ।

आफु उपस्थिति हुन नसक्ने भन्दाभन्दै पनि संवैधानिक परिषद्को बैठक राखिएको भन्दै काँग्रेस सभापति देउवाले सरकारसँग गुनासो गर्दै भने, ‘म आउन सक्दिन भन्दाभन्दै मिटिङ राखियो । म यसको विरोध गर्छु ।’

सभापति देउवा ओली सरकारले १ वर्षमा एउटा पनि राम्रो काम नगरेको आरोप भने, ‘एउटा जिल्लाबाट अर्काे जिल्लामा कुखुरा लैजाँदा पनि कर लगाएको छ’, देउवा भन्छन्, ‘केपी ओलीको नाम करप्रसाद ओली राख्नु पर्छ ।’

प्रतिपक्षी दलका नेता समेत रहेका देउवाले निर्मला पन्तका हत्यारालाई बचाउने काम पनि सरकारबाटै भएको आरोप लगाए । प्रधानमन्त्री केपी ओलीले मनपरी गरेको तथा सेनामाथि पहिलोपटक हस्तक्षेप गरेको पनि उनको आरोप थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी

महेन्द्रनगर । पछिल्लो समय सुदूरपश्चिममा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गए पनि त्यसको नियन्त्रणका लागि सतर्कता भने अपनाइएको छैन । भारतका

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को