सरकारबाट बाहिरिने निर्णय भएको छैन – अध्यक्ष यादव

२९ चैत्र २०७५, शुक्रबार ०१:०१ मा प्रकाशित

खोटाङ, २८ चैत । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले आफ्नो पार्टीमा सरकारबाट बाहिरिने निर्णय नभएको बताउनुभएको छ । दिक्तेलमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले हालसम्म प्राप्त उपलब्धिलाई संस्थागत गर्ने, सङ्घीय गणतन्त्र, समावेशीता र पहिचानको मुद्दालाई संस्थागत गर्ने मुद्दा पूरा नहुने अवस्था आएमा मात्र आफ्नो पार्टी सरकारबाट बाहिरिने बताउनुभयो ।

राजनीतिक कारण, मधेशी, आदिवासी, जनजाति, महिला, दलित र पिछिडिएका वर्गका मुद्दा अहिले पनि सम्बोधन हुन बाँकी रहेको उपप्रधानमन्त्री यादवले बताउनुभयो । “हामीले उठाएका मुद्दालाई सम्बोधन गरेर जाने समझदारीअनुसार हामी सरकारमा गएका हौँ”, उहाँले भन्नुभयो, “जुन कामका लागि हामी सरकारमा समावेश भयौँ, त्यो भएन भने, हुन नसक्ने स्थिति भयो भने या गर्दिन भन्ने भयो भने त्यो बेला मात्र हाम्रो बाटो फरक हुन सक्छ ।”

उपप्रधानमन्त्री यादवलले मुलुकलाई गाँठो परेर बस्नबाट जोगाउँदै संविधान संशोधन लगायतका काम पूरा गर्न आफ्नो पार्टी सरकारमा सहभागी भएको स्पष्ट पार्नुभयो । “हामी आएर यो सरकार बनेको पनि होइन । हामी नआउँदा सरकारको बहुमत जान्छ भन्ने पनि होइन । दुई तिहाइ पु¥याउन हाम्रो आवश्यकता थियो”, उहाँले भन्नुभयो, “संविधान संशोधनलगायत व्यवस्था सुधारको काम अगाडि बढोस् । हाम्रो पार्टी सरकारमा निश्चित लक्ष्यका लागि गएको हो । अन्यथा जुनसुकै समयमा बाहिरिन सक्छौँ ।”

उपप्रधानमन्त्री यादवलले गोजीमा पैसा नहुँदा उपचार गर्न नसकेर ज्यान गुमाउनुपर्ने बाध्यताको अन्त्यका लागि सरकारले स्वास्थ्य नीति कार्यान्वयन थालेको जानकारी दिनुभयो । “सरकारले हरेक जनतालाई स्वास्थ्य सेवाको पहुँचमा पुर्याउने लक्ष्य लिएको छ”, उहाँले भन्नुभयो, “स्वास्थ्य नीति लागू भएपछि कुनै पनि व्यक्ति उपचार खर्च अभावमा स्वास्थ्य उपचारबाट वञ्चित हुनुपर्दैन ।” (रासस)

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रसंघीय जलवायु सम्मेलन संरचना महासन्धी (कोप-२६) अन्तर्गत नोभेम्बर १ र २ मा स्कटल्यान्डको ग्लास्गोमा हुने

काठमाडौँ ।संसद्को नवौं अधिवेशन सुरु भएदेखि नै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संंसद अवरुद्ध गर्दै आएका छ ।सत्तापक्ष र प्रतिपक्षबीचको

धनगढी।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोगबारे सत्ता गठबन्धनमा छलफल नभएको बताएका छन् । आचरणको प्रश्न उठेपछि

मकवानपुर । बागमती प्रदेशमा आज नयाँ मुख्यमन्त्री नियुक्त हुँदैछन् । गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादी पार्टीका संसदीयदलका नेता मुख्यमन्त्री बन्ने