न्यायाधीश नियुक्तिको सिफारिशप्रति असन्तुष्टि

२८ चैत्र २०७५, बिहीबार १३:०० मा प्रकाशित

काठमाडौँ, २८ चैत । पूर्वन्यायाधीश फोरम नेपालले सर्वोच्च अदालत र उच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि भएको सिफारिशले न्यायालयको गरिमामा आँच पुगेको जनाएको छ । फोरमका महासचिव शम्भुबहादुर खड्काले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा न्याय परिषद्ले गरेको न्यायाधीश सिफारिशले न्यायिक क्षेत्रसँग सम्बद्ध इमान्दार तथा समक्ष व्यक्ति हतोत्साहित भएको जनाउँदै परिणामस्वरुप न्याय सम्पादनको कार्यमा गम्भीर दुष्परिणाम निम्तिन सक्ने चेतावनी दिइएको छ ।

परिषद्ले यही चैत १९ गते सर्वोच्च अदालतमा पाँच र उच्च अदालतमा १८ न्यायाधीश नियुक्तिका लागि सिफारिश गरेको थियो । उच्च अदालतका न्यायाधीशले बुधबार नै पद तथा गोपनीयताको शपथसमेत ग्रहण गरिसक्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले