कांग्रेस जिल्ला कोषाध्यक्षहरुकोे तेस्रो राष्ट्रिय सम्मेलन पोखरामा

२८ चैत्र २०७५, बिहीबार ११:०५ मा प्रकाशित

कास्की, २८ चैत ।नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्षहरुकोे तेस्रो राष्ट्रिय सम्मेलन पोखरामा आजदेखि सुरु हुँदैछ । सम्मेलनको उद्घाटन पार्टी सभापति शेरबहादुर देउवाले पोखरा सभागृहमा गर्नेछन भने उद्घाटनसमारोहलाई पार्टी सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल सहितका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सम्मेलनले सरकारका गतिविधि चित्तबुझ्दो नभएकाले देशव्यापी विरोधका कार्यक्रम संचालन गर्नका लागि केन्द्रलाई आग्रहसमेत गर्ने र कास्की क्षेत्र नं २ सहित रिक्त स्थानमा निर्वाचन गराउन सरकारलाई दबाव दिने जानकारी दिइएको छ ।

पार्टीलाई चलायमान र सुदृढिकरण बनाउने उद्देश्यले सम्मेलन गर्न लागिएको नेपाली काँग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्यसमितिका अध्यक्ष गोविन्द पुडासैनीले बताउनुभयो । उहाँले सम्मेलनले पार्टीलाई गुट उपगुट अन्त्य गरी एक ढिक्काका साथ अघि बढ्न दबाबमूलक सुझाव दिने उल्लेख गर्नुभयो ।

सम्मेलनलाई लक्षित गरी पोखराको न्युरोडलाई पार्टीको चार तारे झण्डाले सिगाँरिएको छ भने पोखराका मुख्य शहरी क्षेत्रमा स्वागत व्यानरहरु टाँगिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । जुवातास खेल्नु कानुनविपरितको काम मानिन्छ । जुवा ऐन २०२० अनुसार जुवा खेल्दा वा खेलाउँदा पहिलोपटक पक्राउ परे दुई

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को २४ अक्टोबरमा हुने भनिएको राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) को अन्तर्राष्ट्रिय भेला रोकिएको

  काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले सय दिन पुरा गरिसकेको छ । तर, यो सरकारले पनि सय