गुल्मीमा जीप दुर्घटना, पूर्व सांसदसहित दुईजनाको ज्यान गयो

२८ चैत्र २०७५, बिहीबार ११:०१ मा प्रकाशित

गुल्मी, २८ चैत । मुसिकोट नगरपालिकामा भएको जीप दुर्घटनामा दुईको मृत्यु गएको छ भने आठ जना घाइते भएका छन् ।

मुसिकोट नगरपालिका १ को चैन डाँडामा दुर्घटना बिहान धुर्कोट गाउँपालिका ५ का नेपाली काँग्रेसका पूर्व सांसद ६५ वर्षका रुद्रमणी शर्मा भण्डारी र मालिका गाउँपालिका १ का ८ वर्षका वस्कर विश्वकर्माको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक रवीन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

घाइते ४ जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भैरहेको छ भने ४ जनालाई गुल्मी अस्पताल तम्घास लगिएको छ । मालिका गाउँपालिकाको दर्लिङ्गबाट सदरमुकाम तम्घासका लागि छुटेको लु १ ज १९५७ नम्बरको जीप दुर्घटना भएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसङ्ख्याभन्दा बढीलाई लगाइएको छ । नेपाल सरकारले यही असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको कम्तीमा पनि

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् ।

काठमाडौं । आगामी मङ्सिर १० देखि १२ गतेसम्म १०औँ राष्ट्रिय महाधिवेशन तय गरेको नेकपा (एमाले) ले यही कात्तिकको पहिलो साता

काठमाडौँ । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट दसैंपछि कार्यालय