त्रिशुली बचाउन प्रधानमन्त्री प्रतिवद्ध

१६ श्रावण २०६९, मंगलवार १५:५१ मा प्रकाशित

काठमाडौ, १६ साउन । प्रधानमन्त्री डा बाबुराम भट्टराईले धार्मिक, सास्कृतिक र पर्यटकीय महत्व बोको त्रिशुली नदी नदिको संरक्षको लागी आफूले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

त्रिशुली बचाऊँ साझा सञ्जालका अभियानकर्ताहरुसँग आज ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले त्रिशुली नदीमाथिको दोहन आफूले प्रत्यक्ष अनुभव गरेको सुनाउँदै त्यसलाई रोक्न आफूले तत्कालै स्थानीय प्रशासन, प्रहरीलाई निर्देशन दिने बताए ।
मुलुकमा राजनीतिक गतिरोध कायम रहेकोले सरकारले यस्ता कार्यमा प्रयाप्त ध्यान दिन नसक्दा प्राकृतिक स्रोत साधनमाथिको दोहन र अपराध बढेको भन्दै दलहरुवीच छिट्टै सहमति बनेर मुलुकले गति लिएपछि यस्ता सबै अपराधको अन्त्य हुने विश्वास प्रधानमन्त्रीले ब्यक्त गरे ।
प्रधानमन्त्रीले अभियानका अभियानकर्ताहरुलाई आफ्नो अभियानलाई जारी राख्न आग्रह गर्दै स्थानीय बासिन्दा आफै जागरुक भए त्यस्तो अभियान प्रभावकारी हुने सुझाव दिए ।
सञ्जालका तर्फबाट धादिङका स्थानीय बासिन्दासमेत रहेका रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले त्रिशुली सहित मुलुकभरीका अधिकांश नदी नाला सहित प्राकृतिक स्रोत साधनको अति दोहनप्रति गंभिर हुन प्रधानमन्त्रीलाई आग्रह गर्दै त्रिशुली नदीबाट प्राकृतिक स्रोत साधनको खुल्ला चोरी र दुरुपयोग हुँदा सरकार किन मौन भनि प्रश्न गरे । उनले दोषिमाथि कारवाही गर्न माग गर्दै अन्यथा यस्ता चोरी र सरकारको लाचारिका विरुद्ध पत्रकारहरुले राष्ट्रिय बहस सन्चालन गर्ने चेतावनी दिए ।
सञ्जालले त्रिशुली नदीमा सञ्चालित अबैद्य ढुङगा र बालुवाखानी बन्द गर्नु पर्ने, सो क्षेत्रको स्थानीय, बातावरण र गृहमन्त्रालयका प्रतिनिधि सम्मीलित टोलीले अनुगमन गर्नु पर्ने, त्रिशुली नदीमा सञ्चालन भईरहेको हेभी मेसिनहरु तत्काल २४ घण्टाभित्र हटाईनु पर्ने, क्रसर उद्योग सन्चालन सम्बन्धी ब्यवस्थालाई कडा पारिनु पर्ने र मुलुकका सबै नदि नालाको संरक्षण गरिनु पर्ने माग प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरेको थियो ।
उत्तम कडेलको नेतृत्वमा गएको टोलीमा ऋषि धमला, जगन्नाथ नेपाल, नरेश खतिवडा, नेत्रराज पौडेल, निएस न्यौपाने, सुर्दशन पण्डीत, किशोर खतिवडा र रामेश्वर कार्कीलगायतका सहभागिता रहेको थियो ।
टोलीले जलस्रोत ऐन र स्थानीय निकायसँग भएको सम्झौतामा ठूलो बालुव ढुङगा क्रसर सहितका उपकरणको प्रयोग गर्न नपाईने ब्यवस्था रहे पनि सो क्षेत्रमा सम्झौता र ऐनको ठाडो उल्लघन गर्दै त्यस्ता उपकरणहरुको खुल्ला प्रयोग भईरहेको प्रति प्रधानमन्त्रीको गंभिर ध्यान आर्कषित गराएको थियो ।
त्यस्तै र्याफ्टिङ एसोसिएसन नेपालका तर्फबाट नानीकाजी थापा नेतृत्वको एक टोलीले समेत भोटेकोशी र त्रिशुली सहितका पर्यटकीय महत्व बोकेको नदीमा क्रसर उद्योग सन्चाल गर्दा र्याफ्टीङ ब्यवसाय संकटमा परेको तर्फ प्रधानमन्त्रीको गंभिर ध्यान आर्कषित गराएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

डडेल्धुरा । सातवटा स्थानीय तह रहेको डडेल्धुराका पाँच स्थानीय तहमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । यहाँका दुई नगरपालिका

काठमाडौं । नेकपा (माओवादी केन्द्र) काठमाडौं उपत्यकाको तीन जिल्लामा रहेका स्थानीय तहको नेतृत्वमा शून्य हुने देखिएको छ । उपत्यकाको काठमाडौं,

धनगढी । नागरिक उन्मुक्ति पार्टीले कैलालीका दुई पालिकामा जित हासिल गरेको छ । ०७२ मा टीकापुरमा भएको घटनाको आरोपमा जेलजीवन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्‍वप्रकाश शर्माले स्थानीय तह निर्वाचनको परिणाम ‘उत्साहजनक’ आएको बताएका छन् । परिणाम उत्साहजनक आउनुलाई उनले

आजको प्रमुख समाचार