सगरमाथाको उचाइ मापन : प्रधानमन्त्रीद्वारा नेपाली टोलीको बिदाइ

२७ चैत्र २०७५, बुधबार २२:४४ मा प्रकाशित

काठमाडौँ, २७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको उचाइ मापन गर्न जाने नेपाली टोलीलाई आज बिदाइ गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले टोलीलाई माला र टीका लगाएर बिदाइ गर्नुभयो । टोलीमा नापी विभागका प्राविधिक कर्मचारी खिमलाल गौतम, रवीन कार्की, सुरजसिंह भण्डारी र युवराज धिताल हुनुहुन्छ । पथपदर्शक छिरिङजाङ्बु शेर्पा, पेमाङिमा शेर्पा, आङ्पासाङ शेर्पा, आङ्बु शेर्पा र केशव पौडेल पनि साथमा हुनुहुनेछ ।

उक्त अवसरमा प्रधानमन्त्री ओलीले विश्वको सर्वोच्च शिखर सगरमाथाको मापन पहिलो पटक नेपालीले गर्न लागेको बताउँदै यस पटक परिणाम नै आधिकारिक हुने बताउनुभयो । प्रधानमन्त्री ओलीले आरोहीलाई सम्पूर्ण नेपालीका तर्फबाट शुभकामना दिँदै पथप्रदर्शकको निर्देशनानुसार सगरमाथाको आरोहण गरी कीर्तिमान कायम गर्न आग्रह गर्नुभयो । प्रधानमन्त्रीले आरोहण चुनौतीपूर्ण रहेकाले मौसम र स्वास्थ्यको अनुकूलतामा सावधानी अपनाएर अगाडि बढ्न आरोहण टोलीलाई सुझाव दिनुभयो ।
नेपालीबाट पहिलो पटक मापन

नेपालले पहिलो पटक सगरमाथाको मापन गर्न लागेको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय, नापी विभागले यसका लागि जनशक्ति व्यवस्थापन गरेको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्प तथा त्यसपछिका परकम्पनले सगरमाथाको उचाइ घटबढ भएको विभिन्न सञ्चारमाध्यममा समाचार आइरहेपछि विभागले भारत, चीन, जापान, संयुक्त राज्य अमेरिकालगायत नौ देशका विशेषज्ञसँग छलफल गरी मापनका लागि आवश्यक सुझाव लिएको थियो ।

यसअघि छिमेकी भारत, चीनलगायत देशले पाँच पटक सगरमाथाको मापन गरेका थिए । पछिल्लो पटक सन् १९५४ मा भारत सरकारले सगरमाथाको उचाइ मापन गरी आठ हजार ८४८ मिटर पत्ता लगाएकामा त्यसलाई नै अहिलेसम्म कायम गरिएको छ । भूमि व्यवस्थामन्त्री पद्माकुमारी अर्यालले सगरमाथा पहिलो पटक नेपालीले नै मापन गर्ने अवसर गौरवको विषय भएको बताउँदै यो ऐतिहासिक कार्यलाई सफल बनाउनुपर्नेमा जोड दिनुभयो ।

मापनका क्रममा अत्याधुनिक प्रविधि ‘स्नो राडार इक्विपमेन्ट’ प्रयोग गरी स्वदेशी स्रोत र साधनको समेत उपयोग गरिने छ । विभागका प्रमुख नापी अधिकृतसमेत रहनुभएका गौतमले केही वर्ष अगाडि निजामती सेवाका केही कर्मचारीले सगरमाथाको आरोहण गर्ने क्रममा सहभागी भई सफलता प्राप्त गर्नुभएको थियो । गौतम र कार्की सगरमाथाको टुप्पोसम्म पुग्ने तथा भण्डारी र धिताल आधार शिशिरको आसपासमा रही आवश्यक समन्वय गर्ने तालिका तय भएको छ । टोलीले करीब एक महीनामा काम सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

नेपाल–भारतको सीमा भएको सिरहास्थित मदार भन्ने स्थानबाट करीब एक वर्ष अगाडि मापनका लागि प्रारम्भिक सर्वेक्षण तथा अन्य आवश्यक काम गरिएको थियो । मन्त्रालयका सचिव गोपीनाथ मैनालीले सगरमाथाको उचाइ मापनका लागि करीब रु २२ करोड विनियोजन गरिएको जानकारी दिँदै प्रारम्भिक चरणका सबै गृहकार्य पूरा गरिएको बताउनुभयो । चीनले सन् २००५ मा गरेको मापनमा सगरमाथाको चट्टान सतहको उचाइ करीब आठ हजार ८४४ मिटर तथा अमेरिकाको नेशनल जियोग्राफीले करीब दुई दशक अगाडि गरेको अध्ययनले आठ हजार ८५० मिटर कायम गरेको विभागले जनाएको छ । सोही वर्ष इटालीले गरेको अध्ययनले सरमाथाको उचाइ आठ हजार ८४७ मिटर कायम गरेको थियो । यस पटकको मापनमा कायम गरिने उचाइ नै अब आधिकारिक हुने हुँदा यसलाई महत्वका साथ हेरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट दसैंपछि कार्यालय

जनकपुरधाम । नेपाल भारतको सीमावर्ती क्षेत्र धनुषाको नगराइन नगरपालिाका एक युवकको घाँटी रेटेर हत्या गरिएको छ । सिरहा जिल्लाको मिर्चैया

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी नेपालले प्रदेशका इन्चार्ज तथा पदाधिकारीको जिम्मेवारी तोकेको छ । एकीकृत समाजवादीले उपत्यका प्रदेशसहित ८

गृहमन्त्री बालकृष्ण खाँणले नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग नेपाल सरकारले गरेको सहमति कार्यान्वयनका लागि पहल सुरु