पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्छु : सभापति देउवा

२७ चैत्र २०७५, बुधबार २२:१६ मा प्रकाशित

बनेपा, २७ चैत । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्र एकता खोज्नेहरुले व्यवहारमा पनि एकता प्रदर्शन गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ को नौबिसेमा नेपाली काङ्ग्रेस क्षेत्र नं १ को पार्टी कार्यालय भवन शिलान्यास एवं बृहत् आमसभा कार्यक्रममा उहाँले भन्नुभयो, “म सधैँ पार्टीलाई एकताबद्ध बनाउने पक्षमा छु, यस कार्यमा सिटौलाजीले सहयोग गर्नुहुनेछ भन्नेमा विश्वस्त छु ।” उहाँले सरकारले शान्तिसुरक्षा दिन नसकेको आरोप लगाउनुभयो ।

पार्टीका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सरकारले जनाताको चाहनाअनुसार काम गर्न नसकिरहेको अवस्थामा सरकारले गरेका त्रुटिलाई औँल्याएर पार्टी जनताका बीचमा पुग्न सक्नुपर्ने बताउनुभयो । “एकता, सिद्धान्त, नीति र कार्यक्रमका आधारमा हुनुपर्छ,” उहाँले भन्नुभयो ।

पार्टीका प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य प्रदीप पौडेल, शिवप्रसाद हुमागार्इं, जिल्ला सभापति मधुप्रसाद आचार्य लगायतले सो कार्यक्रममा आआफनो धारणा राख्नुभएको थियो ।

सो भवन निर्माण गर्न रु ११ लाखमा डेढ रोपनी (२५ आना) जग्गा चार वर्षअगाडि खरीद गरिएको थियो । भवन शिलान्यास कार्यक्रममा पार्टीको नेता तथा कार्यकर्ताबाट रु १० लाख रकम जम्मा भइसकेको नेपाली काङ्ग्रेस क्षेत्र नं १ का सचिव गुणराज मोक्तानले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

झापा । नेकपा एकीकृत समाजवादी पार्टीका उप–महासचिव जगन्नाथ खतिवडाले मदन भण्डारी र जीवराज आश्रितको हत्याको प्रमाण केपी ओलीले लुकाएको गम्भीर

काठमाडौं ।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमालेबाट विद्रोह गर्ने क्रममा आफूलाई साथ नदिएका नेताहरुको हरिबिजोग भएको टिप्पणी गरेका छन्।

काठमाडौं ।नेपाली कांग्रेसले खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहामाथि गम्भीर दुर्व्यवहार गर्ने दोषीलाई कानुनी कारबाही गर्न

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनको चर्को आलोचना गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत

आजको प्रमुख समाचार