सांसद राजेन्द्र लिङ्देनलाई ज्यान मार्न धम्की दिने दुई पक्राउ

२७ चैत्र २०७५, बुधबार २२:१२ मा प्रकाशित

काठमाडौँ, २७ चैत । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनलाई ज्यान मार्न धम्की दिने दुई जनालाई पक्राउ गरेको छ ।

ब्यूरोको टोलीले सांसद लिङ्देनलगायत विभिन्न व्यक्तिलाई फोन सम्पर्क गरेर रकम माग गरी नदिएमा गोप्य भिडियो बनाई सार्वजनिक गरी बेइज्जत गरिदिने साथै ज्यान मार्ने धम्कीसमेत दिने हुम्लाका १९ वर्षीय प्रदीप रोकाया र झापाका २९ वर्षीय तिलकदास पराजुलीलाई चैत २५ गते बालाजु र टोखाबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले मोबाइलमार्फत नेपाली र हिन्दी भाषामा बोलेर धम्की दिएर रकम माग गरेको र रकम नदिएमा ज्यान लिन धम्की दिएको उजुरीका आधारमा पक्राउ गरिएको जानकारी दिनुभयो । “रोकायको प्रयोग गरेको सिमकार्डबाट पराजुलीले फोन गरेर धम्की दिने गरेको अनुसन्धानमा खुलेको छ,” उहाँले भन्नुभयो ।

पराजुलीले भारतीय मोबाइल सिम नम्बर देखाउने ह्वासएप्सबाट म्यासेज पठाएर भारतबाट नेपाल आएको भन्दै रकम माग्ने गरेको ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति देउवासँग आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् । बुधबार देउवा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ताको पत्र आज संसद् सचिवालयलाई बुझाएको छ । प्रधानमन्त्री केपी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन संसद अधिवेशन आह्वान गरेपछि उनलाई असफल बनाउने रणनीति तय गर्न विपक्षी

काठमाडौँ । सङ्घीय संसद् सचिवालले यही वैशाख २७ गते हुने प्रतिनिधिसभा अधिवेशनका सन्दर्भमा बुधबार र बिहीबार कोभिड–१९ को पीसीआर परीक्षण