बिप्लव नेकपा नेता हेमन्तप्रकाश ओलीलाई छोड्न सर्वोच्चद्वारा अस्वीकार

२७ चैत्र २०७५, बुधबार २२:१० मा प्रकाशित

काठमाडौँ, २७ चैत । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द नेतृत्वका नेता हेमन्तप्रकाश ओलीलाई धरौटीमा छोड्न अस्वीकार गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हा र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासले नेता ओलीलाई धरौटीमा रिहा गर्न अस्वीकार गरेको हो ।

जिल्ला अदालतमा मुद्दा चलाउनका लागि रीतपूर्वक म्याद थप भई अनुसन्धान भइरहेको हुँदा धरौटी वा सामान्य तारेखमा रिहा गर्न अस्वीकार गरेको आदेशमा उल्लेख छ ।

एनसेलको टावर विस्फोटनमा संलग्न भएको उल्लेख गर्दै प्रहरीले ओलीलाई काभ्रेबाट पक्राउ गरेको थियो । नेता ओलीका तर्फबाट विपना ओलीले यही चैत २३ गते सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको मुद्दा दायर गर्नुभएको थियो । अदालतले धरौटीमा छोड्न नमिल्ने फैसलापछि सो निवेदन खारेज भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

  काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले सय दिन पुरा गरिसकेको छ । तर, यो सरकारले पनि सय

नेकपा (एमाले)ले यसवर्ष पनि दसैँ, तिहार, नेपाल सम्बत् र छठपर्वको अवसरमा चियापान नगर्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमणको कारण

काठमाडौँ । सरकार र अनसनरत रुवी खानबीच सहमति भएको छ । सहमतिसँगै खानले अनसन स्थगित गरेकी छन् । बाँकेकी नन्कुन्नी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा ग्लास्गोमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी ‘वर्ल्ड लिडर्स समिट’मा सहभागी हुने भएका छन् । सोमबार बसेको