अमेरिकी आर्थिक वृद्धि २.३ प्रतिशत हुने : मुद्रा कोष

२६ चैत्र २०७५, मंगलवार २२:१३ मा प्रकाशित

वासिङटन, चैत २६ (एएफपी) । संयुक्त राज्य अमेरिकाका लागि सन् २०१९ का लागि यस पहिले अनुमान गरेको आर्थिक वृद्धिदर घट्ने अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले मङ्गलबार जानकारी गराएको छ ।

सन् २०१९ का लागि यस पहिले अनुमान गरिएको अमेरिकाको आर्थिक वृद्धि दरमा समेत शुन्य दशमलब दुई प्रतिशत कमी आई २.३ मा खुम्चिने देखिएको मुद्रा कोशको वल्र्ड इकोनोमिक आउटलुकले जनाएको हो । उक्त संस्थाले सन् २०१९ का लागि गत जनवरीमा गरेको प्रक्षेपणमा अमेरिकी आर्थिक वृद्धि २.५ प्रतिशत कायम रहने बताएको थियो ।

अमेरिकी आर्थिक वृद्धिमा देखिएको कमीका वावजुद पनि अमेरिकी अर्थतन्त्र अझै अन्य मुलुकको अर्थतन्त्रको तुलनामा मजबुत नै रहने बताएको छ ।

आइएमएफले सन् २०२० मा अमेरिकी आर्थिक वृद्धिदर थप खुम्चिने र १.९ प्रतिशत कायम हुने जनाएको छ ।

अमेरिकी आर्थिक वृद्धिदर कमी हुनुमा अमेरिका–चीन ब्यापार विवाद, ब्रेक्जिट, अमेरिकी संसद र राष्ट्रपतिबीचको असमझदारी प्रमुख कारक मानिएका विश्लेषकहरूले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

वासिङ्टन । ह्वाइट हाउसले शुक्रबार अमेरिकी पूर्वराष्ट्रपति जोन एफ केनेडीको हत्यासँग सम्बन्धित लामो वर्गीकृत कागजातहरू जारी गर्न ढिलाइ गर्ने बताएको

मेरिल्याण्ड। अमेरिकाको सत्तारुढ दल डेमोक्र्याट पार्टीको मेरिल्याण्ड राज्यको केन्द्रीय सदस्यमा नेपाली मूलका अर्जुन हमाल निर्वाचित भएका छन्। यो निर्वाचनसँगै अमेरिकाको

एजेन्सी । अमेरिकी राष्ट्रपति जोन बाइडेनले चीनले ताईवानमाथि हमला गरे अमेरिकाले उसको रक्षा गर्ने चेतावनी दिएका छन् । ‘चीनले ताईवानमाथि

अमेरिकी पूर्व विदेश मन्त्री कोलिन पावेलको कोरोनाबाट निधन भएको छ । अमेरिकामा अक्टोवर १८ तारिकका दिन ८४ बर्षको उमेरमा उन्को