ढिलो चाँडो चन्द पनि यही प्रक्रियामा आउँछन् : अध्यक्ष दाहाल

२६ चैत्र २०७५, मंगलवार २२:०२ मा प्रकाशित

काठमाडौँ, २६ चैत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ ढिलो चाँडो नेत्रविक्रम चन्द ‘ विप्लव’ पनि यही राजनीतिक मूलधारमा आउनै पर्ने बताउनुभएको छ ।

अध्यक्ष दाहालले भन्नुभयो “ढिलो चाँडो विप्लव जी पनि यही प्रक्रियामा आउनै पर्छ । त्यसको कुनै विकल्प छैन ।” आफ्नै निवास खुमलटारमा चन्द समूहका नेता तथा कार्यकर्तालाई आज नेकपामा प्रवेश गराउँदै अध्यक्ष दाहालले जनताको बलिदानबाट प्राप्त राजनीतिक उपलब्धिलाई संस्थागत गर्दै समाजवादको यात्रामा अगाडि जानुको कुनै विकल्प नभएको बताउनुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, “कम्युनिस्ट आन्दोलनको हितमा, राष्ट्र र जनताको हितमा हामी आफैले लडेर जे उपलब्धि हासिल गरेका छौँ त्यसको रक्षा गर्ने, त्यसमा टेक्ने र समाजवादतिर जानुको विकल्प छैन ।” अध्यक्ष दाहालले चन्द समूहबाट नेकपामा प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई क्षमता, योग्यताअनुसारको जिम्मेवारी दिने प्रतिबद्धता जनाउनुभयो । सो अवसरमा चन्द समूहका काठमाडौँमा क्रियाशील २० जना नेता तथा कार्यकर्ता नेकपाका प्रवेश गरेका थिए । चन्द समूहका काठमाडौँका नेता साङ्गे लामा, आदर्श केसीलगायतले प्राप्त राजनीतिक उपलब्धिलाई संस्थागत गर्दै नेकपामा आवद्ध भएर समाजवादको यात्रामा सहभागी हुने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

  काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले सय दिन पुरा गरिसकेको छ । तर, यो सरकारले पनि सय

नेकपा (एमाले)ले यसवर्ष पनि दसैँ, तिहार, नेपाल सम्बत् र छठपर्वको अवसरमा चियापान नगर्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमणको कारण

काठमाडौँ । सरकार र अनसनरत रुवी खानबीच सहमति भएको छ । सहमतिसँगै खानले अनसन स्थगित गरेकी छन् । बाँकेकी नन्कुन्नी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा ग्लास्गोमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी ‘वर्ल्ड लिडर्स समिट’मा सहभागी हुने भएका छन् । सोमबार बसेको