सशस्त्रलाई हराउँदै आर्मी क्लब फाइनलमा

२६ चैत्र २०७५, मंगलवार २१:५४ मा प्रकाशित

चौतारा, २६ चैत । सिन्धुपाल्चोकको चौतारामा सञ्चालन भइरहेको दोस्रो मेयरकप फुटबलको आज भएको सेमी फाइनलमा त्रिभुवन आर्मी क्लबले सशस्त्र प्रहरीको एपिएफलाई शून्यका विरुद्ध ३ गोलले पराजित गरी फाइनलमा प्रवेश गरेको छ ।

निर्धारित समय ९० मिनेटसम्म दुवै टिमले गोल गर्न नसकेपछि पेनाल्टी सुटआउटमा आर्मी क्लब विजयी भएको हो । आगामी २८ गते त्रिभुवन आर्मी क्लब र यसअघि नै फाइनल प्रवेश गरिसकेको रानीपोखरी कर्नर टिम आरसिटीबीच फाइनल खेल हुने आयोजक संस्थाका अध्यक्ष अशोक कार्कीले जानकारी दिनुभयो ।

विजेता टोलीले रु पाँच लाख पाँच हजार र उपविजेताले रु दुई लाख पाँच हजार पुरस्कारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यसैगरी सर्वाधिक गोलकर्ताले नगद रु २० हजार पुरस्कार प्राप्त गर्नेछ । सिन्धुपाल्चोक, दोलखा, काभ्रे, ललितपुर र काठमाडौँका १२ टोलीले भाग लिएको प्रतियोगिता गएको २० गतेदेखि शुरु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पहिलो पटक साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फिर्ता भएको छ । माल्दिभ्सको मालेमा

‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवि

काठमाडौं । नेपाललाई पराजित गर्दै भारत १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । शनिबार

दुबई । भारतमा जारी १४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । गएराति