काँग्रेस कोषाध्यक्षको सम्मेलनको तयारी पूरा

२६ चैत्र २०७५, मंगलवार २१:४९ मा प्रकाशित

पोखरा, २६ चैत (रासस) : नेपाली काँग्रेस जिल्ला कोषाध्यक्षको पोखरामा यही चैत २८ र २९ गते हुने तेस्रो राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको छ । काङ्ग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्यसमितिका अध्यक्ष गोविन्द पुडासैनीले आज पत्रकार सम्मेलनमार्फत तयारी पूरा भएको जानकारी गराउनुभयो ।

सम्मेलनको उद्घाटन पार्टी सभापति शेरबहादुर देउवाले गर्नुहुने र सो सम्मेलनमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलका साथै केन्द्रीय पदाधिकारीहरुको उपस्थिति रहने उहाँले बताउनुभयो । उहाँले सो सम्मेलनमा जिल्ला–जिल्लामा पार्टीको स्रोतलाई सुदृढ, पारदर्शी र जवाफदेही बनाउन सबै कोषाध्यक्षलाई प्रशिक्षण दिनु नै मुख्य उद्देश्य रहेको जानकारी दिनुभयो ।

उक्त दुईदिने राष्ट्रिय सम्मेलनमा पार्टीको गुटउपगुटको अन्त्यका साथै पार्टीलाई एक ढिक्का गरी अघि बढ्नका लागि दबाबमूलक सुझाव दिने र पार्टीको सङ्गठनलाई बलियो बनाउन प्रत्येक जिल्लामा क्रियाशील सदस्यलाई प्रशिक्षण दिनका लागि अनुरोध गर्ने विषयमा पनि पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

यसका साथै भातृ संस्थालगायत शुभेच्छुक संस्थाको समयमै महाधिवेशनमार्फत परिचालित गर्न र क्रियाशील सदस्यता वितरण कार्य विधान सम्मत हुनुपर्ने लगायतका विषयमा दबाब दिइने उहाँले जानकारी गराउनुभयो । गत मङ्सिर २९ गतेदेखि पुस ८ गतेसम्म काठमाडौँमा भएको महासमितिको बैठकका बहुमत सदस्यहरुले उठाएका विषय कार्यान्वयन गराउनका लागि सो बैठकमा वृहत छलफल गरी आवश्यक सुझावसमेत दिइने उहाँले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी नेपालले प्रदेशका इन्चार्ज तथा पदाधिकारीको जिम्मेवारी तोकेको छ । एकीकृत समाजवादीले उपत्यका प्रदेशसहित ८

गृहमन्त्री बालकृष्ण खाँणले नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग नेपाल सरकारले गरेको सहमति कार्यान्वयनका लागि पहल सुरु

नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशनको रोकिएको प्रक्रिया तिहार लगत्तै सुरु हुने बताउनुभएको छ ।

पोखरा । गण्डकीमा नयाँ मन्त्रिमण्डल विस्तार गर्दा सल्लाह नभएको भन्दै सत्ता साझेदार दलहरूबीच नै मनमुटाव सुरु भएको छ । नेकपा