राष्ट्रवाद हाम्रो प्रेरणा, सुशासन हाम्रो मन्त्र : मोदी

२५ चैत्र २०७५, सोमबार २१:४८ मा प्रकाशित

नयाँ दिल्ली, २५ चैत । भारतका प्रधानमन्त्री तथा भारतीय जनता पार्टी (भाजपा) का नेता नरेन्द्र मोदीले राष्ट्रवाद आफ्नो प्रेरणा र सुशासन आफ्नो मन्त्र भएको बताउनु भएको छ ।
पार्टीको घोषणापत्र सार्वजनिक गर्न सोमबार आयोजित कार्यक्रममा उहाँले गत पाँच बर्ष भाजपालाई सहयोग गरिदिएको भन्दै आम नागरिकलाई धन्यवाद पनि दिनुभयो ।
पाँच बर्षको विजेपी सरकारको सफलता र अनुभवका आधारमा नयाँ घोषणापत्र बनाइएको उहाँले जानकारी दिनुभयो ।
प्रमुख प्रतिस्पर्धी भारतीय राष्ट्रिय काँग्रेसले घोषणापत्र सार्वजनिक गरेको धेरैदिनपछि मोदीले नयाँ दिल्लीको दिनदयाल उपाध्याय मार्गमा रहेको पार्टी केन्द्रीय कार्यालयमा विषेश कार्यक्रम आयोजना गरी घोषणापत्र सार्वजनिक गर्नु भएको हो ।
उहाँले कार्यक्रममा भन्नुभयो, “राष्ट्रवाद हाम्रो प्रेरणा हो भने हाम्रा योजना कार्यान्वयन गरी सुशासन दिने हाम्रो मन्त्र हो ।”
“हाम्रो समाज बहुसांस्कृतिक छ, यहाँ सवैलाई एउटै व्यवहारले हँदैन, त्यसैले हामीले अवस्था र आवश्यकता हेरेर फरक फरक खालका कार्यक्रमहरु लागु गर्नेछौँ,” उहाँको भनाई थियो ।

उहाँले घोषणापत्रमा मुख्य समस्याहरुको समाधानका उपाय तथा योजनाहरु उल्लेख गरेको बताउदै निर्धारित समयमै ती योजनाहरु कार्यान्वयन गरिने दावी पनि गर्नुभयो । आफूहरु एक लक्ष्य एक दिशाका साथ हामी अगाडी बढेको प्रधानमन्त्री मोदीले जानकारी दिनुभयो ।

सन् २०४७ मा भारत स्वतन्त्रता भएको एक सय बर्ष पूरा हुने स्मरण गर्दै उहाँले त्यसको अनुभूति सन् २०१९ देखि २०२४ सम्मको कार्यकालमा गराउने प्रतिबद्धता जनाउनुभयो ।
घोषणापत्र सार्वजनिक कार्यक्रममा भाजपाका अध्यक्ष अमित शाह, संयुक्त मन्त्री सुष्मा स्वराज र अन्य बरिष्ठ नेताहरु सहभागी भएका थिए । चुनावी घोषणापत्रलाई भाजपाले ‘संकल्प पत्र’ भनेको छ ।
भारतमा यही अप्रिल ११ देखि मे १९ तारिखसम्म गरी सात चरणमा देशभरी लोकसभा निर्वाचन हुन लागेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

प्रयागराज । भारतको उत्तर प्रदेशका प्रहरीहरु अहिले गङ्गा नदीका किनारामा बालुवाले अलिअलि छोपछाप पारिएका शवको अनुसन्धान गर्न खटिएको छ ।

इजराइल र प्यलोस्टाइनको हमास समुहबिचको पछिल्लो भिडन्तमा ज्यान गुमाउनेको संख्या १ सय २६ पुगेको छ । गत सोमवार पश्चिम किनारामा

नयाँ दिल्ली । कोरोनाभाइरसको दोस्रो लहरको सामना गरिरहेको भारतमा केही दिनदेखि संक्रमितको दैनिक मृत्यु संख्यामा कमी आएको छैन । भारतको

कोरोना संक्रमण उच्च भएको भारतमा मृतकको संख्या अत्याधिक हुनथालेपछि शव व्यवस्थापनमा समस्या भएको छ । बीबीसीका अनुसार उत्तरी भारतको गंगा