धरान जिरोप्वाइन्ट नजिकै भएको बस दुर्घटनामा चारको मृत्यु

२५ चैत्र २०७५, सोमबार २१:३८ मा प्रकाशित

धरान, २५ चैत । धरान–१३ जिरोप्वाइन्ट नजिकमा आज दिउँसो यात्रुबाहक बस दुर्घटना हुँदा चालकसहित चार जनाको मृत्यु भएको छ ।

ब्रेकफेल भएर पाँच सय मिटर अगाडिदेखि अनियन्त्रित हुँदै आएको ना६ख २७१३ नंको यात्रुबाहक बस जिरोप्वाइन्ट नजिकैको विजुली पोलमा ठोक्किएर दुर्घटना हुँदा चालक छत्रबहादुर गुरुङको च्यापिएर घटनास्थलमै मृत्यु भएको थियो । धरान उपमहानगरपालिका ८ का चालक गुरुङ लामो समयदेखि पहाडी रुटमा बस चलाउदै आएको थियो । गुरुङले बसको ब्रेक फेल भएको थाहा पाएपछि क्षति कम गराउन खोजेको प्रहरीको भनाइ छ ।

यसैगरी दुर्घटनामा धनकुटा चौबिसे–१ डाँडाबजारका दलबहादुर मगर, मोरङ केराबारी–९ की यामकुमारी मगर र उनको ८ वर्षीया छोरी डेनी मगरको पनि मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिनुभयो ।

‘ड्राइभरले सके सम्म क्षति कम गराउन खोजेको देखिन्छ,’ इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक सुमन तिम्सिनाले भने ‘चालकको घटनास्थलमा नै मृत्यु भयो ।’

जिरो प्वाइन्टबाट दक्षिणतर्फ बाक्लो बस्ती छ । गाडी बजार प्रवेश गरेको भए अझ बढी क्षति हुने सम्भावना थियो । दुर्घटनामा घाइते हुनेको सङ्ख्या ३९ पुगेको छ । उनीहरुकोे उपचार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।

काठमाडौं । समाजसेवी उत्तम कार्कीले वडास्तरीय आइसोलेसन सेन्टरका लागि १८ थान अक्सिजन सिलिण्डर सहयोग गर्नुभएको छ । मुलुकमा अक्सिजन अभाव