फेरि फुट्ने भयो कांग्रेसको ट्रेड युनियन

१६ श्रावण २०६९, मंगलवार ०७:३५ मा प्रकाशित

काठमाडौं, १६ साउन । ट्रेड युनियन कांग्रेस (स्वतन्त्र)को सोमबार बसेको राष्ट्रिय समितिको बैठकले बहुमतबाट संगठनको नाम परिवर्तन गरी ुनेपाल ट्रेड युनियन कांग्रेस राखेको छ । तर, ६५ सदस्यीय युनियनको बहुमतले गरेको उक्त निर्णयको विरुद्ध देउवापक्षीय १७ जना केन्द्रीय पदाधिकारीहरु उभिएपछि कांग्रेसको भ्रातृ संगठन नेपाल ट्रेड युनियन कांग्रेस फुटको संघारमा पुगेको छ । सभापति सुशील कोइराला पक्ष र वरिष्ठ नेता शेरबहादुर देउवा समूहबीचको तीव्र विवाद रहंदै आएको परिवेशमा दुई ट्रेड युनियन एकीकरण हुँदा भएको सहमतिविपरीत गएर संगठनको नाम परिवर्तन गरेको विरोधमा देउवा पक्षले नोट अफ डिसेन्ट लेखेपछि उत्पन्न विवादले नेपाल ट्रेड युनियन कांग्रेस (स्वतन्त्र) फुटको संघारमा पुगेको हो ।

संस्थापन कांग्रेसको तत्कालीन ट्रेड युनियन कांग्रेस र देउवा पक्षको प्रजातान्त्रिक ट्रेड युनियन महासंघबीच एकीकरण हुँदा एकीकृत संगठनको नाम ट्रेड युनियन कांग्रेस (स्वतन्त्र) राखिएको थियो । देउवापक्षीय सत्र जनाले विधानबमोजिम राष्ट्रिय सम्मेलनमा प्रस्ताव पेस गरी दुई तिहाइ बहुमतबाट नाम परिवर्तन गर्नुपर्नेमा राष्ट्रिय समितिको बहुमतबाट जबर्जस्ती विधान र एकीकरण गर्दाको सहमतिविपरीत नाम परिवर्तन गर्ने निर्णय गलत रहेको र त्यसलाई स्वीकार गर्न नसकिने उल्लेख गर्दै ुनोट अफ डिसेन्टु लेखेका छन् । नोट अफ डिसेन्ट लेख्नेमा उपमहासचिव अयोध्या यादवसहित कोषाध्यक्ष ध्रुवचन्द्र गौतम, सदस्यहरू ऋषभदेव घिमिरे, ध्रुवराज पुरी, उषा भण्डारी, बिमला गैरे, तारा राई, ललितकला गुरुङ, केदारनाथ दाहाल, राजाराम ठाकुर, नुर मोहम्मद, भक्त लामा, कल्पना अधिकारी, कमला लामिछाने, सञ्जय मिश्र, दाबासाङ्गे लामा र रघुनाथ अधिकारी छन् ।

तत्कालीन प्रजातान्त्रिक ट्रेड युनियन महासंघका अध्यक्ष एवं ट्रेड युनियन कांग्रेस (स्वतन्त्रका आमन्त्रित सदस्य खिलानाथ दाहालले १७ जनाको लिखित असहमतिप्रति ऐक्यबद्धता प्रकट गरेका छन् । विधानविपरीत राष्ट्रिय सहमतिको बहुमतबाट संगठनको नाम परिवर्तन गरिएको विरोधमा दाहालले आमन्त्रित सदस्य र भवन निर्माण समितिको सदस्यसमेत बाट राजिनामा दिएका छन् । देउवा पक्षीय पदाधिकारी तथा सदस्यहरूले बहुमतको निर्णय जबर्जस्ती भएको भन्दै आफ्नो रणनीति तय गर्न एकरदुई दिनमा नै छुट्टै बैठक गर्ने भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरु विजय

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर नेपालमा महामारीकै रुपमा फैलिन थालेको छ । सोमबार १२सय ८२ नयाँ संक्रमित थपिएका छन्

काठमाडौँ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल