बेलायतद्धारा ‘युरोपेली संघ’ नलेखेको राहदानी जारी गर्न सुरु

२४ चैत्र २०७५, आईतवार १६:२९ मा प्रकाशित

बेलायतले ‘युरोपेली संघ’ नलेखेको राहदानी जारी गर्न सुरु गरेको छ । युरोपेली संघबाट बाहिरिने निर्णय गरेको बेलायतले आफ्नो राहदानीको बाहिरको भागमा यसअघि लेख्दिै आएको युरोपेली संघ शब्द हटाएको हो ।

संघबाट बाहिरिने निर्णय बेलायतले पूर्ण रुपमा कार्यान्वयन गराउन भने सकेको छैन । गत मार्च ३० देखि जारी भएका नयाँ राहदानीमा ‘युरोपियन यूनियन’ लेखे पनि नलेखेपनि आफ्ना नागरिकलाई यात्रामा कुनै फरक नपर्ने बेलायतले जनाएको छ ।

संसदका विपक्षीको विरोधका बाबजूद पनि प्रधानमन्त्री थेरेसा मेले युरोपेली संघबाट बाहिरिने निर्णयलाई कार्यान्वयन गराउने प्रयास गरिरेकी छन् । बेलायतका अधिकांश सांसदहरुले तीन पटकसम्म ब्रेजिक्टलाई अस्वीकार गरिसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय कार्यकारिणी समितिको बैठकबारे थाहा नभएको बताएका छन् । ठाकुर-महतो पक्षले वरिष्ठ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय महाधिवेशन स्थगन गरेको छ । यही जेठ २२ देखि २५ गतेसम्म काठमाडौंँमा

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले