भिक्षु अश्वघोष राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने

२४ चैत्र २०७५, आईतवार १५:३२ मा प्रकाशित

छैँटौँ सङ्घनायक भिक्षु अश्वघोष महास्थवीरको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले भिक्षुको निधनप्रति समवेदना व्यक्त गर्दै राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने र अन्त्येष्टि खर्च सरकारले व्यहोर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।

भिक्षु अश्वघोषको गत शुक्रबार निधन भएको थियो । यसअघि उहाँ गम्भीर अस्वस्थ हुँदा प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्री र सांसदहरु उनको अवस्था बुझ्न अस्पताल पुगेका थिए ।

भिक्षु अश्वघोष विसं २०४६ को जनान्दोलनपछि तत्कालीन संसद्मा तत्कालीन नेकपा (एमाले)बाट राष्ट्रियसभा सदस्यमा मनोनीत भएका थिए । नेपाली भिक्षु संसदमा पुगेको त्यो नै पहिलो घटना थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१