आफ्नी पत्नी ठानेर अर्कैसंग यौन सम्पर्क भएपछि…

१६ श्रावण २०६९, मंगलवार ०७:१५ मा प्रकाशित

बांके, १६ साउन । आफ्नी श्रीमती भनेर झुक्किएर अर्कै महिलासंग यौन सम्पर्क भएको घटना बारे बिरलै सुन्न पाइन्छ । सुन्दा अचम्म लाग्ने यस्तो घटना बांकेमा घटेको छ । बांके प्रहरीको नियन्त्रणमा रहेका बांके कञ्चनपुरका ३० वर्षिय श्यामबहादुर (नाम परिवर्तन) प्रहरीसंग सफाई दिंदै थिए– ‘बुढी भनेर झुक्किएर उनीसंग यौन सम्पर्क गर्न पुगिछु ।’
कुरा झण्डै एक साताअघिको हो । कचनापुरबाट ती अधबैंसे युवाका श्रीमती र नाताभित्रकी एक १६ वर्षिया युवती नेपालगञ्ज आएका थिए । आरोपित युवाको दाबीमा श्रीमती उपचार गर्न र युवतीचाहिं किताब किन्न गाउंबाट नेपालगञ्ज आएका थिए । नेपालगञ्जको धम्बोजीस्थित एक होटलमा तीनैजना एउटै कोठामा बास बसेका थिए । श्यामबहादुर एउटा छेउमा थिए भने उनकी श्रमिती बीचमा र युवती अर्को छेउमा सुतेकी थिइन् । सुत्ने बेलामा मदिरा सेवन गरेका श्यामबहादुरले राती उठेर युवतीलाई बलात्कार गरेका थिए । प्रहरी नियन्त्रणमा रहेका श्यामबहादुरले युवतलाई सहमतिमै शौचालय लगेर यौन सम्पर्क राखेको दाबी पनि गरेका छन् भने युवतीले दिएको जाहेरीमा सुतेकै ठाउंमा जबर्जस्ती गरेको उल्लेख छ ।
‘राती ममाथि आउनुभयो, म चिच्याएं, कराएं तर संगै सुतेकी उनकी श्रीमतीले समेत सुनेकोनसुन्यै गरिन्,’ युवतीको दाबी थिाये– ‘बुढाबुढीकै सल्लाहमा मलाई बलात्कार गरियो ।’
घटना ६ दिनअघिको भए पनि यतिबेला युवतीले सार्वजनिक गरेपछि स्थानीय जनता आक्रोशमा आएका थिए । त्यसपछि इलाका प्रहरी कार्यालय कोहल्पुरले श्यामबहादुरका बुढाबुढीलाई पत्रा्mाउ गरेर जिल्ला प्रहरी कार्यालय पठाइदिएको छ ।
युवतीको योनीबाट रगत आइरहेको छ । बांकेका प्रहरी प्रमुख एसपी विक्रमसिंह थापाका अनुसार चिकीत्सकको प्रतिवेदनका आधारमा कारबाही अघि बढाइने छ । उहांले भन्नुभयो– ‘प्रारम्भिक बयानअनुसार त युवती सही छिन् र श्यामबहादुरले गल्ती गरेको देखिएको छ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।चितवनमा कोरोना सङ्क्रमणको ग्राफ ओरालो लाग्दै गएको भए पनि जोखिम भने कायमै रहेको छ । चितवनमा सक्रिय कोरोना संक्रमितको

काठमाडौं । नेपालको परराष्ट्रमन्त्रीमा डा नारायण खड्का नियुक्त हुनुभएकामा भारतका बाह्य मामिलामन्त्री एस जयशङ्करले उनीप्रति बधाई ज्ञापन गरेका छन् ।

काठमाडौँ । दिवङ्गत पितृका नाममा प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको

काठमाडौं। सत्तारुढ गठबन्धनको बैठकले परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गर्ने सहमति भएको छ । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको