अमेरिकामा एकैदिन ६ पटक बम पड्कियो, एक जनाको मृत्यु

२४ चैत्र २०७५, आईतवार १४:१८ मा प्रकाशित

अमेरिकाको फिलाडेल्फिया सहरमा शनिबार र आइतबार भएका गोलीकाण्डमा एक जनाको मृत्यु भएको छ । घटनामा पाँच जना घाइते भएका छन् ।

प्रहरीका अनुसार शनिबार बिहान गोली लागेर ३५ वर्षीय एक व्यक्ति घाइते भएका थिए । त्यसपछि दिनभर शहरमा भएका शृंखलावद्ध रुपमा भएका विस्फोटमा परी एक जनाको मृत्यु र अरु चार जना घाइते भएका थिए । अपराह्न २६ वर्षीय एक व्यक्ति मारिनुका साथै उनका १७ वर्षीय भतिज गोली लागेर घाइते भएका छन् ।

उक्त घटनामा कम्तीमा दुई बन्दुकधारी संलग्न रहेको प्रहरीले जनाएको छ । यस्तै २७ वर्षीय एक व्यक्ति र राति ९ बजे छैटौं व्यक्तिमाथि १० पटक गोली हानिएको प्रहरीले जनाएको छ । उनको हात, पाखुरा र खुट्टामा गोली लागेको छ ।

यस वर्षका तीन महिनाभित्रै फिलाडेल्फियामा ८० जनाभन्दा बढीको हत्या भइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार