नेपाल र इन्डोनेसियाबीच पर्यटन प्रवर्द्धन अभियान सुरु

२४ चैत्र २०७५, आईतवार १३:२७ मा प्रकाशित

नेपाल र इन्डोनेसियाबीच पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ । दुुई मुलुकबीच पर्यटक आदानप्रदान गर्ने गरी सरकारी तथा निजी क्षेत्रको सक्रियतामा अभियान सुरु गरिएको हो ।

पर्यटकीय गन्तव्यबारे जानकारी दिन इन्डोनेसियाले नेपालीका लागि ‘परिचयात्मक यात्रा’ नामक अभियान अन्तर्गत पर्यटकीय गन्तव्य चिनाउने कार्यक्रम गरेको छ । इन्डोनेसियाको पर्यटन मन्त्रालयको सहयोग र इन्डोनेसियन दूतावास ढाकाको संयोजनमा सम्पन्न यात्रामा नौ जना नेपाली सहभागी थिए । आइएमई ग्रुपले प्रवद्र्धन गरेको आइएमई ट्राभल्सको समन्वयमा नेपालका पर्यटन व्यवसायी, मिडियाकर्मीसहितको टोलीले इन्डोनेसियाका विभिन्न पर्यटकीय स्थलको अवलोकन गरेका छन् ।

कार्यक्रममा आइएमई ट्राभल्सका प्रमुख कार्यकारी अधिकृत विनोद सापकोटाले इन्डोनेसियाले पर्यटन प्रवद्र्धनमा लिएको अख्तियारी नेपालका लागी पनि उपयुक्त हुने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१