राजपाको महाधिबेशन फेरि स्थगित

२४ चैत्र २०७५, आईतवार १३:०६ मा प्रकाशित

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको महाधिवेशन दोस्रो पटक पनि स्थगित भएको छ । २०७४ वैशाख ७ मा स्थापना भएको राजपाले एक वर्षभित्र महाधिवशेन गर्ने तय गरेको थियो । सो बेला निर्वाचनका कारण महाधिवेशन स्थगित भएपछि २०७६ बैशाख ७, ८ र ९ गतेका लागि तय भएको महाधिवेशन फेरि स्थगित भएको छ ।

राजपाको अध्यक्ष मण्डलको बैठकले स्थान तय नगरेपछि बीरगञ्जमा महाधिवेशन गर्ने तयारी थियो । तर, महाधिवेशन नजिकिएपछि पछिल्लो समय राजपा अध्यक्ष मण्डल चक्रीय प्रणालीमा गएको थियो । अध्यक्ष मण्डल चक्रीय प्रणालीमा गएपछि राजपा अध्यक्ष मण्डलका सदस्यहरुबीच विवाद जारी बढेको छ ।

अध्यक्ष मण्डलका संयोजक शरत्सिंह भण्डारीले एकता महाधिवेशन भएकाले ढिलाई भएको बताएका छन् । ‘यो महाधिबेशनमा पार्टीको मुल विधान, संगठनहरुको विधान र योजना मिलाउनु पर्छ’ उनले भने,‘मैले पत्रकार साथीहरुलाई भनिसकेको छु, यसका कारणले हाम्रो महाधिबेशन केही ढिलो हुने भएको हो । विवादले महाधिबेशन नभएको होईन, काम नभ्याएर हो ।’

राजपा र जनमुक्ति पार्टीबीभ केहीदिन अघि मात्रै एकता भएको थियो । राजपाले असार मसान्तसम्म महाधिबेशन सक्ने जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

झापा । नेकपा एकीकृत समाजवादी पार्टीका उप–महासचिव जगन्नाथ खतिवडाले मदन भण्डारी र जीवराज आश्रितको हत्याको प्रमाण केपी ओलीले लुकाएको गम्भीर

काठमाडौं ।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमालेबाट विद्रोह गर्ने क्रममा आफूलाई साथ नदिएका नेताहरुको हरिबिजोग भएको टिप्पणी गरेका छन्।

काठमाडौं ।नेपाली कांग्रेसले खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहामाथि गम्भीर दुर्व्यवहार गर्ने दोषीलाई कानुनी कारबाही गर्न

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनको चर्को आलोचना गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत