डडेल्धुराको एक विद्यालयमा दुई शिक्षक, पाँच विद्यार्थी

१ चैत्र २०६८, बुधबार ०६:५१ मा प्रकाशित

काठमाडौ, १ चैत । डडेल्धुरा सदरमुकाम नजिक रहेको एक विद्यालयमा पाँच जना विद्यार्थीहरुको भरमा विद्यालय सन्चालन भइरहेको छ । अमरगढी नगरपालीकामा पर्ने कैलापाल प्राथमिक विद्यालय झर्तामा १ देखि ३ कक्षासम्म जम्मा पाँच जना मात्रै विद्यार्थी  छन् । पाँच जना मात्रै विद्यार्थी भएकाले उनीहरुलाई दुई समूह बनाएर पढाउने गरेका कैलपाल प्राथमिक विद्यालय झर्ताकी प्रधानाध्यापक बन्दना सिंहले बताउनुभयो । कम विद्यार्थी भएपनि पढाउनुु पर्ने बाध्यता रहेको र झर्ता गाउँ नजिक अर्को विद्यालय नभएका कारण यस्तो अवस्था रहेको उहाँको भनाई छ । दुई वर्षदेखि जम्मा पाँच जना विद्यार्थी रहेको विद्यालयमा दुई जना शिक्षकहरुले अध्यापन गर्र्दै आईरहेका छन् । जिल्लामा संचालनमा रहेका धेरै विद्यालयहरु राजनीतिक पहँुचका कारण बनाएकाले कम विद्यार्थीहरु हुदाँ पनि संचालन रहेको जिल्ला शिक्षा कार्यालयको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गरेका छन् । अखिल नेपाल

काठमाडौं । पाँच दलीय गठबन्धनलाई थप प्रभावकारी बनाउँदै सरकार सञ्चालनमा सहयोग गर्ने शीर्ष नेताहरूबीच सहमति भएको छ । प्रधानमन्त्री निवासमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले कांग्रेस र कम्युनिस्टबीच वैचारिक, चरित्रगत तथा नीतिगत कार्यशैलीमा भिन्नता नरहेको बताएका

काठमाडौं । नेपाली कांग्रेसका तल्ला तहका सबै अधिवेशनहरु स्थगित भएका छन् । आज बसेको पदाधिकारी बैठकले साउन १२ गते हुने