पाँचथर गोल्डकप सुरु, उद्घाटन खेलमा मोरङद्धारा ताप्लेजुङ पराजित

२४ चैत्र २०७५, आईतवार १२:४८ मा प्रकाशित

वाई वाई तेस्रो पाँचथर गोल्डकप आइतबारबाट सुरु भएको छ । पाँचथरको फिदिममा सुरु प्रतियोगिताको उद्घाटन खेलमा मिसन यूनाइटेड ताप्लेजुङलाई मोरङ फुटवल क्लव मोरङले ६—२ को फराकिलो अन्तरले पराजित गरेको छ । मोरङलाई जिताउन विदेशी खेलाडी अरर्मन एक्लैले खेलको १० औ, १७ औ, २२ औ, र ५३ औ मिनेटमा गोल गरे ।

मोरङको तर्फबाट हेमन्त थापाले खेल ३९ औ र संजोग राईले खेल ६३ औ मिनेटमा गोल फर्काएका थिए । ताप्लेजुङको तर्फबाट सन्त राईले ६० औ मिनेटमा फेरि गोल गरे ।

पाँचथर फुटवल संघले आयोजना गरेको प्रतियोगीतामा आयोजक पाँचथरसहित हिमालयन शेर्पा क्लब, जावलाखेल युथ क्लब, दार्जेलिङ युनाइटेड भारत, विजय युथ क्लब हेटौडा, मिसन युनाइटेड ताप्लेजुङ, रेडहर्स इलाम, विर्तामोड युनाइटेड झापा, डिएफसी मोरङ र न्यू स्टार सुनसरीको सहभागिता छ । वैशाख २ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ४ लाख र उपविजेताले २ लाखसहित ट्रफी पाउँने छन् ।

त्यस्तै प्रत्येक विधाका उत्कृष्ट खेलाडीलाईसमेत पुरस्कृत गरिनेछ । प्रतियोगिताको लागत ४३ लाख लाग्ने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

स्पेनिस ला लिगा फुटबलको बार्सिलोना लेभान्तेसंग बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा लेभान्तेसँग बार्सिलोना ३ –३ को बराबरीम रोकिएको

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले पुनरागमन जित निकालेको छ । गएराति भएको खेलमा युनाईटेडले १० खेलाडीमा सिमित

लन्डन । म्यानचेष्टर युनाइटेड रोमालाई पराजित गर्दै युईएफए युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । त्यसैगरी स्पेनिस क्लब भिल्लारियल आर्सनललाई

लन्डन । इंग्लिस क्लब चेल्सीले यूईएफए च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा रियल