बाढी र पहिरोले कर्णाली राजमार्ग अवरुद्धः यात्रु भन्छन्,‘२ दिनदेखी भोकै छौँ’

२४ चैत्र २०७५, आईतवार ०९:२६ मा प्रकाशित

शनिबार रातीको अत्याधिक असिना पानीका कारणले आएको बाढी र पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । दैलखको दुल्लु नगरपालिकामा र कालिकोटको शुभकालिका गाउँपालिकाको दहीखोलामा गएको पहिरोले दुई दिनदेखि यात्रु आवतजावतमा समस्या आएको हो ।

दैलेखबाट जेसिबी गएपनि दहीखोलाको पहिरो हटाउन सकेको छैन् । पहिरो हटाउन नसक्दा काठमाडौँ, नेपालगञ्ज र सुर्खेतबाट कर्णाली जाँदै गरेका यात्रुहरु दुई दिनदेखि अलपत्र परेका छन् ।

जेसिबीले अवरुद्ध बाटो खुलाउन नसक्दा यात्रुलाई असहज भएको जिल्ला प्रशासन कार्यालय कालिकोटले जानकारी दिएको छ । पानी बेलाबेलामा आइरहने र पहिरो पनि खसिरहने भएकाले बाटो खुलाउन समस्या भएको हो ।

यात्रुहरुले भने बाटो अवरुद्ध भएका कारण पानी सम्म पिउन नपाएको गुनासो गरेका छन् ।

सडक डिभिजन कार्यालय जुम्लाले दहीखोला, किट्टुभीर, पादुका खोलाको पहिरो पन्छाएर गगनेखोला पहिरो पन्छाउन डोजरको प्रयोग भइरहेको जनाएको छ । अवरुद्ध राजमार्ग खुलाउन आइतबार बिहानदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सडक डिभिजन कार्यालय जुम्ला लागिरहेको जिल्ला प्रशासन कालीकोटले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु हारेर भन्दा पनि नेपाली समाजको रुपान्तरण र जनताको हितका लागि

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी फागुन २१ गते रिक्त हुने १९ राष्ट्रियसभामा सदस्य पदको निर्वाचनको मिति सरकारले चाँडै तोक्ने बताएका

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्ने निष्कर्ष निकालेका छन् । आज (सोमबार) बसेको ‘इजलास बहिष्कार’

काठमाडौं ।यतिबेला नेपाली कांग्रेसका नेता कार्यकर्ता चुपचाप छन् । दशैंअघिसम्म कांग्रेसमा महाधिवेशनको उत्साह थियो । नेताहरूबीच आ–आफ्नो समूहलाई जिताउन भेटघाट