अङ्गीकृत नागरिकता दिने प्रावधान हटाऔँः उपप्रधानमन्त्री यादव

२४ चैत्र २०७५, आईतवार ०८:४२ मा प्रकाशित

उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले विदेशीलाई अङ्गीकृत नागरिकता दिने प्रावधान हटाउनुपर्ने बताएका छन् ।
सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका यादवले नागरिकतालाई राजनीतिक एजेण्डा नबनाउन आग्रह गर्दै नागरिकता वितरणमा ‘लैङ्गिक विभेद’ कायम रहेको ठोकुवा मसेत गरे ।

उनले संविधान संशोधन गरी न्याय परिषद्को संरचनामा परिवर्तन गर्नुपर्ने आवश्यकता समेत औल्याएका छन् ।

फरक प्रसंगमा उपप्रधानमन्त्री यादवले जनताको जीउधनको सुरक्षा गर्नु राज्यको पहिलो दायित्व भएकाले नेत्रविक्रम चन्द विप्लव समूहको क्रियाकलापमाथि प्रतिबन्ध लगाइएको स्पष्ट पारे । विप्लवको माग के हो भन्ने नै स्पष्ट नभएको बताउँदै उनले वर्तमान संविधानले आफ्नो माग राख्ने अधिकार सबैलाई दिएको हुनाले जनतामा आतङ्क सिर्जना नगर्न आग्रह पनि गरे ।

उनले राष्ट्रिय जनता पार्टीसँग एकताको विषयमा छलफल नचलेको बताएका छन् । ठूला मिडियाको पानामा मात्र पार्टी एकताको विषय रेकाले यस सम्बन्धमा कुनै छलफल र चर्चा पार्टीभित्र नचलेको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

झापा । नेकपा एकीकृत समाजवादी पार्टीका उप–महासचिव जगन्नाथ खतिवडाले मदन भण्डारी र जीवराज आश्रितको हत्याको प्रमाण केपी ओलीले लुकाएको गम्भीर

काठमाडौं ।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमालेबाट विद्रोह गर्ने क्रममा आफूलाई साथ नदिएका नेताहरुको हरिबिजोग भएको टिप्पणी गरेका छन्।

काठमाडौं ।नेपाली कांग्रेसले खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहामाथि गम्भीर दुर्व्यवहार गर्ने दोषीलाई कानुनी कारबाही गर्न

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनको चर्को आलोचना गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत

आजको प्रमुख समाचार