वंशजका आधारमा नागरिकता दिने सरकारको निर्णयको स्वागत

२३ चैत्र २०७५, शनिबार २२:०० मा प्रकाशित

काठमाडौँ, २३ चैत । जन्मको आधारमा नागरिकता प्राप्त गरेका नागरिकको सन्तानलाई वंशजका आधारमा नागरिकता दिने सरकारको निर्णय सकारात्मक रहेको भन्दै तराई मानवअधिकार रक्षक सञ्जाल (थर्ड एलायन्स)ले त्यसको स्वागत गरेको छ ।

यसअघि कानूनको अभावमा जन्मका आधारमा नागरिकता प्राप्त व्यक्तिका सन्तानले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्न नसकेको उल्लेख गर्दै सञ्जालले नागरिकताको अभावमा उनीहरुले उच्च शिक्षा, रोजगारलगायत राज्यबाट प्राप्त हुने सेवा सुविधाबाट वञ्चित हुन बाध्य भएको जनाएको छ ।

नागरिकता प्राप्तिमा विभिन्न बाधा अड्चनबाट प्रभावित व्यक्तिको हकमा थर्ड एलायन्सले निरन्तर बहस, पैरवी वकालत र कानूनी व्यवस्थाको लागि निरन्तर वकालत गर्दै आएको सञ्जालले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गत २४ घण्टामा नेपालमा ८२०३ जना कोरोना भाइरस संक्रमित भएका छन् । २०९७९ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ पुनः लिनु नपर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त एक सदस्यको निर्वाचन यही जेठ ६ गते निर्वाचन हुँदैछ । माओवादी केन्द्रले आफ्नो

काठमाडौं । सरकारले कतार र चीनको ग्वान्जाउमा हवाई उडान खुला गर्ने निर्णय गरेको छ । सोमबार साझ बसेको मन्त्रिपरिषदको बैठकले