साहित्यकार राजन सिलवालको ‘दुई हजार सोह्र पाइला’ सार्वजनिक

२३ चैत्र २०७५, शनिबार २१:५३ मा प्रकाशित

काठमाडौँ, २३ चैत । कवि एवं मुक्तककार राजन सिलवालको ‘दुई हजार सोह्र पाइला’ शीर्षकको मुक्तक सङ्ग्रह आजदेखि बजारमा आएको छ ।

विभिन्न पाँचखण्डमा विभाजन गरिएको सो मुक्तक सङ्ग्रहमा नेपाली समाजमा व्याप्त विकृति, विसङ्गति केलाउनुका साथै देश र समाजलाई कसरी प्रगतिशील मार्गमा लैजाने तथा मानवजीवनमा प्रेमको अन्तरङ्गको विषयमा विस्तृत व्याख्या गरिएको छ । सो पुस्तकमा ५०४ वटा मुक्तक छन् ।

सन् १८५९ मा उमर खैय्यामको साहित्यिक प्रभावबाट मुक्तक विधा फारसी, उर्दू, हिन्दी हुँदै नेपाली भाषामा प्रवेश गरेको हो । मुक्तककारका अनुसार जुन रसपूर्ण वाक्य त्यो वाक्य नै कविता वा मुक्तक हो । मुक्तकमा भजन, कीर्तन, प्रार्थना, गीत गजल आदि मुक्तकमा पर्दछन् । दुई हजार सोह्र पाइलाको लोकार्पण गर्दै प्रमुख अतिथि चलचित्र निर्देशक चेतन कार्कीले त्रेता, द्वापर तथा कलियुगमा पनि प्रेम प्रसङ्ग रहेको उल्लेख गर्दै आज पनि मानव जीवनमा प्रेमकै कारण कविता तथा मुक्तकमा साहित्यकारले प्रेम प्रशङ्ग कहीँ न कहीँ जोडेको हुन्छ भन्ने विचार व्यक्त गर्नुभयो ।
अग्रज महिला साहित्यकार ज्ञानु अधिकारीले विभिन्न पाँच खण्डमा विभाजित मुक्तक पुस्तक पाठकका लागि प्रिय हुने विचार व्यक्त गर्दै यसले समाजमा सुधार गर्न जनचेतना वृद्धि हुने विचार व्यक्त गर्नुभयो । वरिष्ठ साहित्यकार ज्ञानुवाकर पौडेल, साहित्यकार सुनिल अधिकारी र निता केसीलगायतका वक्ताले नेपालको हावापानी, माटो कवितामय तथा सङ्गीतात्मक भएकाले नेपालमा धेरै साहित्यकारको उदय भएको विचार व्यक्त गर्नुभयो ।
–––

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । २०७७ सालको मदन पुरस्कार भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०) ले पाएको छ ।मदन पुरस्कार गुठीले

नुवाकोट स्थायी घर भई काठमाडौँमा रहेर साहित्य सिर्जनामा सक्रिय सर्जकको संस्था त्रिशूली वाङ्मय प्रतिष्ठानको बाह्रौँ साधारणसभाले आगामी दुई वर्षका लागि

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली वाङ्‍मय क्षेत्रका विभिन्न व्यक्तित्वलाई विभिन्न प्रज्ञा पुरस्कार प्रदान गर्नुभएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा राष्ट्रपति